• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छपकीमा पत्नीलाई कुटपिट गरेको आरोपमा पति पक्राउ

छपकीमा पत्नीलाई कुटपिट गरेको आरोपमा पति पक्राउ
न्यूज टुडे
राजविराज,२० बैशाख । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ छपकीका नुर महम्मद मियाँ पक्राउ गरेका छन् । आफ्नै पत्नीलाई कुटपिट गरी अंगभंग गरेको आरोपमा शनिबार उनलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
मिति २०८२ चैत २० गते आफ्नै पत्नी मैमुल खातुनलाई खान बस्न समेत नदिइ कुटपिट गरि दुबै खुट्टाको हड्डी भाँचिदिएको  पीडितले जाहेरी गरेपछि मियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मिया विरुद्ध कुटपिट अंगभंग कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।