• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भ्रष्टाचार विरोधी अभियानता राजु जयसवाल पक्राउ

भ्रष्टाचार विरोधी अभियानता राजु जयसवाल पक्राउ
न्यूज टुडे
राजविराज,०९ बैशाख । 
भ्रष्टाचार विरोधी अभियानता दावी गर्ने सप्तरीको रुपनी गाउँपालिका १ का राजु जयसबाल भन्ने किरण कुमार जयसवाल पक्राउ परेका छन् ।  सामाजिक संजालमा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव विरुद्ध भ्रम फैलाएको उजुरीको आधारमा बुधबार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
जयसबालले सामाजिक संजालमा भ्रम फैलाएर चरीत्र हत्या गरेको तथा बिधुतीय कारोबार ऎन विरुद्ध कसुर गरेको भनि  रुपनी गाउँपालिकाका अध्यक्ष यादवले जाहेरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जयसवाल विरुद्ध विधुतीय कारोबार ऎन २०६३ विरुद्ध कसुर गरेको अभियोगमा विधुतीय अपराध मुद्दामा जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिईअनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
जयसवालले रुपनी गाउँपालिका भ्रष्टाचार विरुद्ध अभियानको नाममा  विगत ७ बर्षदेखि विभिन्न गतिविधि गर्दी आएका थिए ।