• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सालको काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

सालको काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
न्यूज टुडे
राजविराज,२०बैशाख ।
सप्तरी प्रहरीले लाखौंको सालको काठसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका ८ विसनपुरबाट शनिबार राती प्रहरीले उक्त काठ र  ट्याक्टर नियन्त्रणमा लिएको हो । 
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षकको नेतृत्वमा खटेको गस्ती टोलीले स १ त ३९०३ नम्बरको ट्याक्टरमा बेवारिसे अवस्थामा राखेको ३ थान सालको गोलिया काठ र ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गस्ती टोलीले रु २ लाख ४० हजार मुल्यको ८० क्यूफिट सालको गोलिया काठ ३ थान  र ६ लाखको ट्याक्टर गरी ८ लाख ४० हजार मुल्यको ट्याक्टरसहित काठ नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । 
ट्याक्टरसहित उक्त काठ आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय कल्याणपुरको जिम्मा लगाइएको डिएसपी पुरीले जानकारी दिए ।