सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा प्रथम महुली मिनी महोत्सव सुरु भएको छ । महुली फुटबल क्लबद्वारा आइतबार आयोजित एक समारोहका वीच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले महोत्सव उद्घाटन गरेका हुन् ।
महुली फुटबल क्लबका अध्यक्ष अमित राना मगरको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ६ का अध्यक्ष अशोक आचार्य, ५ का कार्यबाहक अध्यक्ष हरि खंगलगायतका स्थानीय जनप्रतिनिधिहरु, स्थानीय पत्रकार, समाजसेवी, सुरक्षाकर्मी, राजनीतिककर्मी लगायतका उपस्थित रहेका थिए ।
कार्यक्रम संचालन महुली फुटबल क्लबका संरक्षक सरोज रानाले गरे ।
महुली बजारसहित समग्र गाउँपालिकाको व्यापार व्यवसायको प्रबर्द्धन विभिन्न खेलको प्रदर्शन, स्थानीय विभिन्न परिकारको स्टल तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको दैनिक जोडदार प्रस्तुति रहने छन् ।
दैनिक हजारौं दर्शक तथा रमाइलो मेला भर्न आउनेहरुका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, कम्पनीका सुरक्षा गार्ड तथा ३५ जना क्लबका स्यमसेवक गरि दैनिक ५० जनाबढी सुरक्षाकर्मी परिचालन गरिने महोत्सवमा सुरक्षा चुनौती नरहेको आयोजकले जनाएको छ ।