गर्मीको पारो उकालिने क्रम जारी छ । बाँके सहित तराईका जिल्लाहरुमा तापक्रम बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । गर्मीले विद्यालयमा अध्ययन गर्ने बालबालि, दैनिक ज्याला मजदूरी गर्ने कामदारहरु पनि प्रभावित हुने गरेका छन् ।
गर्मी बढेसँगै तातो हावा चल्ने सम्भावना पनि उच्च रहने गरेका कारण यस्तो समयमा विशेष सावधानीको आवश्यकता पर्दछ । समसया गर्मीको मात्र होईन, अब वर्षायाम पनि सुरु हुने समय सकिन्कट छ । यस्तो बेलामा बाढी, पहिरोको जोखिम पनि संगसंगै रहने भएका कारण जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित राख्ने बारे सोच्नुपर्ने समय पनि आईसकेको छ । यस्ता प्राकृतिक विपद्ले वर्षेनी जसो ठूलो जनधनको क्षति हुँदै आएको छ । तर पनि भरपर्दो सुरक्षा उपायको अभावका कारण यो क्रसदीले पछ्याईरहेको त छँदैछ । यसका साथै क्षतिलाई कम गर्न पनि नसकिरहेको अवस्था छ । बाढी, पहिरो आउँछ र क्षति पु¥याउँछ । तर वर्षा सकिनासाथ क्षतिको पुनर्निमाण सँगै भविष्यमा यस्तो प्रकोप आउँदा थप क्षति नगरोस् भन्नका लागि गरिने रोकधामको उपायतिर नलाग्नु नै पुनः क्षति हुने कारण मान्न सकिन्छ । यस वर्ष बाढीले जहाँ जहाँ क्षति पु¥याएको छ, बाढी पस्ने ठाउँ खोजी गरी खोलामा तटबन्ध निर्माण गर्ने, पहिरो रोक्नका लागि वृक्षारोपण र अन्य उपाय अवलम्वनतिर लाग्ने हो भने अर्को वर्ष वर्षामा उक्त स्थानलाई सुरक्षित राख्न सकिन्छ ।
यसैगरी खोलो पसेर क्षति पु¥याउँदै आएको वस्तीलाई अर्को वर्षायाममा सुरक्षित राख्नका लागि सुक्खायाममा आवश्यक काम गर्नुपर्ने हुन्छ । समस्याले घेरिसकेपछि मात्र समाधानका उपायको खोजी तिर लाग्ने हो भने तबसम्म निकै विलम्व भईसकेको हुन्छ र क्षति पनि बढी हुने सम्भावनालाई नकार्न सकिन्न । तसर्थ समय छँदै यस्ता कुरामा ध्यान दिन जरुरी छ ।