• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगरमा कानुनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’

रुपनगरमा कानुनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’
उत्तम आचार्य 
रूपनगर, १० जेठ । 
सप्तरीको रुपनगरमा ‘न्यायाधीश र विद्यार्थी वीच अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न भएको छ।  रूपनगरस्थित नन्दराज संग्रौला क्याम्पसमा  आइतबार कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको कार्यप्रक्रिया र विपन्न नागरिकका लागि उपलब्ध निःशुल्क न्याय सेवाका बारेमा स्पष्ट पारे। अदालतका श्रेस्तेदार श्यामहरी अधिकारीले अदालतबाट सम्पादन हुने न्याय, यसका प्रक्रिया, विभिन्न सरोकारवाला निकाय तथा नागरिकको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे । 
अन्तर्क्रियामा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहन बहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्र प्रसाद पौडेलको समेत उपस्थिति थियो।
खुला छलफलका क्रममा सहभागी विद्यार्थी, अभिभावक तथा स्थानीयले अदालती प्रक्रिया, न्याय सम्पादनमा हुने ढिलाइ, सेवाग्राहीले भोग्नुपरेका सास्ती र न्याय प्रणालीमा युवा वर्गको भूमिकाबारे जिज्ञासा राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ मुख्य न्यायाधीश घिमिरेले दिएका थिए ।
क्याम्पसका विद्यार्थी, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन नरबहादुर खड्काले गरेका थिए ।