• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सरकारी निर्देशनको अवज्ञा गर्दै निजी विद्यालय संचालन 

सरकारी निर्देशनको अवज्ञा गर्दै निजी विद्यालय संचालन 
रामनाथ यादव
राजविराज , १० जेठ ।
सप्तरीको विभिन्न पालिकाका (निजी) संस्थागत विद्यालयहरु संघीय सरकारको निर्देशनलाई अवज्ञा गर्दै संचालनमा आएको  पाइएको छ । सामुदायिक विद्यालयहरु शनिबार र आइतबार विदा भएपनि संस्थागत विद्यालयहरु आइतबार संचालनमा आएको हो । 
सरकारले शनिबार र आइतबार दुई दिने विदाकाे निर्णय गरेतापनि आइतबा निजी विद्यालयले विद्यालय संचालन गरिएको पाइएको छ ।  सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको निजी विद्यालयहरुले आइतबार पनि पठनपाठन  संचालनमा ल्याएको छ , भने सामुदायिक विद्यालय सरकारकाे निर्णय अनुसार पठनपाठन अगाडि बढाएको छ ।
तिलाठी काेइलाडी गाउँपालिकाकाे शिक्षा शाखा संयाेजक चन्द्र भुषन रायले हामी सरकारकाे निर्णय अनुसार चल्दै आएकाे वताए । शंकर पव्लिक एकेडेमी स्कुल ताेपाका प्रिन्सिपल अमित कुमार साहले दुई दिन विद्यालयमा विदा दिएकाे तर यहाँका सवै निजी विद्यालय संचालन गरेकोले हामीहरुले पनि आइतबार कक्षा संचालन गरेको बताए । 
 ‘हामी मात्र विद्यालय बन्द गर्छौ भने हाम्रो विद्यालयकाे विद्यार्थीहरु अर्का विद्यालयमा जान सक्छ , त्यसैले आइतबार विद्यालय संचालन गर्न वाध्य भएको प्रिन्सिपल साहले  बताए। दुई दिन विदाले विद्यार्थीहरु खेल्नमा समय विताउँने र पढाएकाे कुरा विर्सने अवस्था आउन सक्ने उनको भनाइ छ ।
केन्द्र सरकारको निर्णय निजी विद्यालयले नमानेर विद्यालय आइतबार पनि सञ्चालन गरेकाे अभिभावकहरुले बताए । 
 कतिपय स्थानीय तहका  संस्थागत विद्यालयहरू आइतबार नियमित रूपमा सञ्चालन गरेको हुदा अहिले सार्वजनिक चासोको केन्द्र बनेको छ।
सरकारकाे निर्णय हप्तामा  दुई दिन बिदा लागू गरिएको छ , तर  कतै आंशिक रूपमा पालना भइरहेको छ, र कतै अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
सरकारले प्रारम्भमा इन्धनको खपत घटाउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा लागू गरेको निजी विद्यालयका एक शिक्षकले वताए ।
‘याे निर्णय सम्बन्धित निकाय, स्थानीय तह, शैक्षिक संस्था,  विभिन्न संघ–संस्थाहरूबीच समन्वय गर्न नसकेकाेले यस्तो अवस्था देखिएको हाे ।’ उनले भने 
शिक्षा क्षेत्रमा पनि दुई दिनको बिदाले पाठ्यक्रम समयमा नसकिने, विद्यार्थीहरूकाे  व्यवस्थापन गर्न अभिभावकलाई कठिन हुने, तथा पढाइमा नकारात्मक असर पर्ने जस्ता गुनासाेहरू  सुनिने गरेका छन्। 
 परिणामस्वरूप, त्यहाँ पाठ्यक्रम निर्धारित समयमा सम्पन्न हुने विद्यार्थीहरूले हप्ताभरी पढाइएका पाठहरूको पुनरावलोकन गर्न, परियोजना कार्य पूरा गर्न तथा खोज–अनुसन्धान चासोकाे विषय वनेकाे छ ।