• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुरुङ्गा नगरपालिकालाई

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुरुङ्गा नगरपालिकालाई
शिवप्रसाद आचार्य
फत्तेपुर,१० जेठ । 
जिल्ला खेलकुद बिकास समिती सप्तरीको आयोजना तथा सप्तकोसी नगरपालिकाको सह आयोजामा आयोजाना  सप्तरीको सप्तकोसी नगरपालिकामा  संचालित  १६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुरुङ्गा नगरपालिकाले हात पारेको छ । सप्तकोसी नगरपालिका वडा नम्बर ८ स्थित रहेको नन्द उमा पब्लिक माबि ओद्राहाको खेलमैदानमा  आइतबार सम्पन्न भएको प्रतियोगितामा १७ स्वर्ण  सहित सुरुङ्गा नगरपालिकाले पहिलो स्थान हाँसिल गरेको हो । 
बिजयी पश्चात् रनिङ शिल्ड उचाल्दै सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरी । फोटो : न्यूज टुडे
 प्रतियोगितामा८  स्वर्ण  सहित सप्तकोसी नगरपालिका दोस्रो र ३ स्वर्ण सहित बोदेबर्साइन नगरपालिकाले तेस्रो स्थान हासिल गरे ।

जेठ ८,गतेदेखि१० गते  सम्म सन्चालन गरिएको प्रतियोगितामा बिजयी पालिकाका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकाल,कार्यक्रमकी बिशिष्ट अतिथी सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरी तथा सप्तकोसी नगरपालिकाकी नगर उप प्रमुख रिता चौधरीले पुरुस्कार बितरण गरे।

दोस्रो पुरुस्कार स्वरुप शिल्ड ग्रहण गर्दैन सप्तकोसी नगरपालिकाका शिक्षक कमलकान्त चौधरी । फोटो : न्यूज टुडे
‘खेली मधेस जिति मधेस’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सप्तरीका ५ वटा पालिकाले भाग लिएका थिए।
 समापन समारोहमा जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख टन्क प्रसाद  मन्डल,सप्तकोसी नगरपालिकाका शिक्षा शाखा प्रमुख जय प्रकाश चौधरी ,सुरुङ्गा नगरपालिकाका शिक्षा अधिकृत धन बहादुर पुलामी मगर,खेल प्रशिक्षक सन्जय जोशी,उमेश गुरुङ,सन्जय परियार ,सिताराम चौधरी ,जिल्ला एथलेटिक्स संघका अध्यक्ष देबकान्त चौधरी ,सप्तकोसी नगरपालिका वडान ४ का वडा अध्यक्ष जय राम खंङ्ग लगायतको उपस्थिति रहेको थियो।  
सामुहिक तस्बिर खिचाउँदै।खेलाडी तथा अतिथिहरु। फोटो : न्यूज टुडे

 

प्रतियोगिता सम्पन्न संगै खेलाडिहरु भोलि देखि जनकपुरमा हुने मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने सप्तकोसी नगरपालिका नगर खेलकुद तथा शिक्षा प्रमुख जय प्रकाश चौधरीले बताए
कार्यक्रम संचालन सप्तकोसी नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख बिष्णु माया नेपालले गरेकी थिइन।