• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
न्यूज टुडे
राजविराज,२० बैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  राजविराजमा आइतबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजनामा प्रभातफेरी गरिएको हो । 
‘शान्तिपूर्ण भविष्यको निर्माण:मनवअधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रबर्द्धन´ भन्ने मुल नाराकोसाथ नेपाल पत्रकार महासंघको कार्यालयबाट निकालिएको प्रभातफेरी राजविराज नगरपालिकाको मुख्य चौक परिक्रमा गरि पुन: महासंघ पुगेर समापन गरिएको थियो । 
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा आयोजित प्रभातफेरी कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु, विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार महासंघआबद्ध सदस्यहरु तथा विभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।