न्यूज टुडे
राजविराज,१५ बैशाख ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीद्वारा राजविराजमा संचालित दुई महिने आधारभूत व्यूटीसियन तालिम सम्पन्न भएको छ । महिलाहरूको क्षमता अभिबृद्धि र आत्मनिर्भरका लागि संचालन गरिएको दुई महिने तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिम एकदमै प्रभावकारी भएको तालिममा सहभागीहरुले बताएका छन् ।
म को हुँ भनेर आफुलाई बिर्सिएको बेला तालिमा लिएर बाँच्ने आधार बनेको र आफुमा हिम्मत बढेको सहभागी रञ्जु यादवले बताइन्। उनले भनिन्,´सीप र योग्यताको अभावमा जीवन अर्थहिन भएको महसुस गरिरहेको बेला यो तालिमले मेरो जिवनमा आर्थिक सशक्तीकरण हुने विश्वास लिएकी छु ।’
सहभागीहरूलाई हृेयर कटिंग,आइब्रो,क्लिनजिन,जुरो लगायत १३ वटा टाक्स तालिममा सिकाएको कार्यक्रमका प्रशिक्षक सुष्मा देवले बताइन् । उनले प्रशिक्षार्थीहरूले सक्रिय भएर तालिममा सहभागी भएकोले प्रशिक्षण दिन सहज भएको भन्दै खुशी व्यक्त गरिन ।
प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रबक्ता एवम् ८ नम्बर वडाका अध्यक्ष जयनारायण मण्डलले आत्मविश्वास राखेर कुनैपनि काम गरेमा निश्चितरूपमा सफलता प्रप्त गर्ने विश्वास व्यक्त गरे ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत रेखा कुमारी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव,प्रशिक्षार्थीहरू प्रिंयका कुमारी साह,हाजरा खातुन, रञ्जु यादव,सिसम यादव,स्वेता साह लगायतले मन्तव्य व्यक्त गरे ।
तालिममा सहभागी २१ जना महिलाहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।