• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरी उपरीक्षक केसीको विवादास्पद संवाद : छानबिन समिति गठन

प्रहरी उपरीक्षक केसीको विवादास्पद संवाद : छानबिन समिति गठन
न्यूज टुडे
राजविराज,०७ बैशाख । 
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतमकुमार केसीको विवादास्पद फोन संवाद छानविनका लागि समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो । 
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले संवादको विषयमा छानबिन गर्न समिति गठन गरिएको बताए । समितिको विस्तृत प्रतिवेदनअनुसार अघि बढ्ने  भन्दै उनले दोषी देखिए  कारबाही गर्ने बताए । 
आइतबार बिहानदेखि सामाजिक सञ्जालमा चर्चा भएको संवादअनुसार एसपी केसी र एक युवक  वीच एक अडियो क्लिप सार्वजनिक भएको थियो । संवादमा केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई ‘ठिक ठाउँमा ल्या, होइन भने… हान्दिन्छु’ भन्दै धम्काउनु खोजेको देखिन्छ । एसपी केसीले आलममाथि  दवाव दिएको जस्तो संवादमा सुनिन्छ । संवाद सार्वजनिक भएपछि एसपी केसीको चौतर्फी आलोचना भइरहेको छ । 
आलमले सामाजिक सञ्जालमा एसपी केसीले गोली हान्ने भनि धम्काएको भन्दै छिटै अडियो सार्वजनिक गर्ने धम्की दिएको २४ घण्टा नविन्दै अडियो क्लिप सार्वजनिक गरिएको थियो । 
एसपी केसीले आफूले अपशब्द प्रयोग गरेको कुरा निरधार भएको भन्दै अस्वीकार गरे । उनले आफूले गालीगलौज वा धम्की नदिएको बताए । संवाद तोडमोड गरेको हुन सक्छ, मैले सुनेको छुइन भन्दै उनले आफूले गालीगलौज वा धम्की नदिएको जिकिर गरे ।
आलमले एपसी केसीले ज्यानमार्ने धम्की दिएको र अडियो क्लिप सुरक्षित भएकोले छिटै सार्वजनिक गर्ने भनि सामाजिक संजालमा उल्लेख गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले  प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजालको दुरुपयोग गरि कसैको चरीत्र हत्या गर्ने किसमको आरोप लगाइएको पाइएमा कानूनी कारबाही हुने भन्दै सचेत गराएका थिए ।