नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता तथा संघीय सचिवालय उपाध्यक्ष राम कुमार सिंह दनुवारको प्रमुख आतिथ्यमा सप्तरीको सितापुरमा बिहिवार आयोजित एक समारोहका वीच महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु । फोटो : न्यूज टुडे
महासंघका पूर्व अध्यक्ष एवम् पाँचौ जिल्ला अधिबेशनका निर्वाचन समिति संयोजक बृजमान तामाङले नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर सिंह दनुवारलाई सपथ ग्रहण गराएपछि अध्यक्ष दनुवारले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
केन्द्रिय उपाध्यक्ष दनुवार । फोटो : न्यूज टुडे
उनीहरुलाई प्रमुख अतिथि संघीय सचिवालय उपाध्यक्ष दनुवार, विशिष्ट अतिथि मधेस प्रदेश उपाध्यक्ष दिल कुमारी चौधरीलगायतकाले प्रमाणपत्र, खदा, टीका माला लगाएर पदास्थापना गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष दनुवार, विशिष्ट अतिथि प्रदेश उपाध्यक्ष चौधरी, पूर्व विधायक सरस्वती चौधरी, महासंघ सप्तरीका संस्थापक अध्यक्ष रघु कुमार सिंह थारु, पूर्व अध्यक्ष यम बहादुर खपाङ्गी मगर, आदिवासी जनजाति जिल्ला समन्वय समिति सप्तरीका पूर्व उपाध्यक्ष बेचन प्रसाद चौधरी, महासंघका सल्लाहकार कुमारमान श्रेष्ठ, थारु कल्याणकारी सभाका केन्द्रिय पार्षद तुलसी थारुले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी थारु कल्याणकारिणी सभा सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी, नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिल बहादुर मगर, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष विन्देश्वर प्रसाद सिंह दनुवार, नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिब डम्बर राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सदस्य दिपक सिंह दनुवार लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष दनुवारलाई पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष प्रधानले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले निर्वाचित पदाधिकारी तथा सदस्यहरुले आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताका लागि अग्रणी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष दनुवारले आदिवासी जनजाति महासंघ जस्तो गरिमामय संस्थाको जिम्मेवारी पाएको भन्दै सबैको भावनाको कदर गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका कोषाध्यक्ष एवम् नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ र नवनिर्वाचित सचिव पूर्ण मगरद्वारा संचालित कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष उपेश कुमार सिंह दनुवारले गरे ।
गत २०८२ चैत १४ गते सम्पन्न महासंघको पाँचौ जिल्ला अधिबेशनबाट अध्यक्षमा श्यामसुन्दर सिंह दनुवार, महिला उपाध्यक्षमा भद्र कुमारी लामा, सचिबमा पूर्ण मगर, सहसचिवमा रविना स्याङदन तामाङ र कोषाध्यक्षमा कल्पना राई चयन भएका थिए । यसैगरी सदस्यहरुमा हरिकाजी राई, मिरा श्रेष्ठ, रविमाया मगर अम्विका सिंह दनुवार, मनिष भुजेल चयन भएका थिए ।
थारु कल्याण कारिणी सभा सप्तरीले सपथ ग्रहण कार्यक्रमको अन्तिम समयमा वरिष्ठ उपाध्यक्ष, सहसचिब र ३ जनालाई सदस्यमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
थारु कल्याणकारी सभाले सिफारिस गरेका मध्ये वरिष्ठ उपाध्यक्षमा मिलन चौधरी, सहसचिबमा गोपाल प्रसाद चौधरी र सदस्यहरुमा देव कुमारी चौधरी, कल्पना चौधरी, ध्रुव कुमार चौधरीलाई निर्वाचन समिति संयोजक बृजमान तामाङले उनीहरुलाई निर्वाचित भएको घोषणा गरेका थिए ।
नवनियुक्त वरिष्ठ उपाध्यक्ष , सह सचिब तथा सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष दनुवारले बिहीवार नै सपथ ग्रहण तथा पदभार ग्रहण गराएका थिए । उनीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, तथा अतिथिहरुले प्रमाणपत्र ,माला, टीका र गम्छा ओढाएर सम्मान गरेका थिए ।