न्यूज टुडे
राजविराज,३० चैत ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा घरेलु हिंसा मुद्दाका १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । घरेलु हिंसा मुद्दामा दोषी ठहर भई फरार उनीहरुलाई नियन्त्रणमा लिएर सोमबार सप्तरी जिल्ला अदालत दाखिला गराएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार घरेलु हिंसा मुद्दामा १० हजार जरिवाना ३ महिना कैद सजाय तोकिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन २ का राम कुमार चौधरी, सोही ठाउँका नवीन चौधरी रहेका छन् ।
यसैगरी सोही मुद्दामा दोषी ठहर भई जनही ३ हजार जरिवाना तोकिएको सोही स्थान बस्ने बसन्त चौधरी,सुर्य नारायण सिंह हिरण चौधरी,सुर्या नारायण चौधरी,विवेक पौडेल,उर्मिला चौधरी,नारायण चौधरी रामसागर चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएका उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी प्रबक्ता डिएसपी पुरीले जानकारी दिए ।