• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालविवाह न्यूनीकरणका लागि प्रहरी अफिसरहरुसंग अन्तरक्रिया

बालविवाह न्यूनीकरणका लागि प्रहरी अफिसरहरुसंग अन्तरक्रिया
न्यूज टुडे
राजविराज,२८ चैत । 
बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचका लागि प्रहरी अफिसरहरूसँग राजविराजमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बालविवाह प्रदेश स्तरीय संजालको सहयोग तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा परिकल्पना नेपालद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक अजय साहले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा घरेलु हिंसाको मुद्दा अत्यधिक आउने गरेको बताए । उनले जवरजस्ती करणी,जवरजस्ती करणीको प्रयास भएको,बहुविवाह लगायत मुद्दा आउने गरेपनि बालविवाहको मुद्दा कमै आउने गरेको उनले बताए ।
समाजमा भईरहेको घटना न्यूनीकरणका लागि सबैले आआफ्नो ठाउँबाट सकारात्मक पहल गर्नुपर्नेमा उनले जोड दिए  । प्रहरी वरिष्ठ नायब निरिक्षक नवीन झाले दलितमा पनि मुसहर र मुस्लिम समुदायमा बढी बालविवाह हुँदै आएको बताए । उनले भने, ‘बिकृतिहरू पढेलेखेका वर्गमा पनि उल्लेखनीय रहेको छ ।’
पचिस जना प्रहरी सहभागी कार्यक्रममा प्रहरी निरिक्षक अजय साह र अधिवक्ता सुधा देवले सहजीकरण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको सभा हलमा परिकल्पना नेपालकी उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित  कार्यक्रममा उपस्थिति विभिन्न दर्जाका प्रहरीहरुले मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन संस्थाका कार्यक्रम संयोजक रिमा कुमारी चौधरीले गरेकी थिइन् ।