न्यूज टुडे
राजविराज,२४ चैत ।
महिला मानवअधिकार रक्षक संजालका केन्द्रीय अध्यक्ष एवं मुक्ति नेपालको कार्यकारी निर्देशक श्याम कुमारी साहले महिला बालबालिका,अपांग तथा यौनिक अल्पसंख्यक लगायतको सबालहरु राजनीतिक मुद्दा बन्नुपर्ने अपरिहार्य रहेको बताएकी छन् । इगनाइट परियोजनाको सहयोग,मुक्ति नेपाल सिरहाको आयोजना तथा महिला मानव अधिकार रंक्षक संजाल सप्तरीको आयोजनामा राजविराजमा मंगलबार आयोजित सुरक्षा रक्षक समुह गठन अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले पछाडि पारिएका समुदायको सबालहरु जबसम्म राजनीतिक मुद्दा बन्दैन तब सम्म समाधान हुन नसक्ने बताएकी हुन् ।
कार्यक्रमकी प्रमुख अथिति साहले महिला,बालबालिका,अपांग,यौगिक अल्पसंख्यक तथा पछाडि पारिएका समुदाय जहिले पनि राज्यबाटै बिभेदित हुँदै आएकोले यीनीहरूको अधिकारलाई संस्थागत गर्न पटकपटक आन्दोलन गर्न बाध्य हुनुपरेको बताइन् ।
‘अहिले पनि विभेदमा परेको समुदायको मुद्दा कसरी अन्तर्राष्ट्रियकरण गरेर थप,पहुँच,प्रतिनिधित्वर न्यायका थप पहल गर्न आवश्यक छ ।” उनले भनिन्
खास गारी अपंगता भएका महिला तथा किशोरीहरुको जीवन यापन सहज बनाउन,उनीहरु माथि हुने हिंसा न्यूनीकरण गर्न सुरक्षा रक्षक समूहले मुख्य भूमिका खेल्दै आएको उनले स्पष्ट परिन् ।
कार्यक्रममा राजविराज नगरपालिकामा पालिका स्तरीय सुरक्षा रक्षक समूह गठन गरिएको छ । विशेषगरी अपांगता भएका महिला बालबालिका तथा किशोरीमाथी हुने हिंसा न्यूनीकरण गर्न र न्यायमा पहुँच पुर्याउन गठन गरेको समुहले सहयोग गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
मानवअधिकार रक्षक संजाल सप्तरीको अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा अधिवक्ताहरू,मानवअधिकार अधिकार रक्षक संजाल सप्तरी सदस्यहरू,ओसिएमसीका प्रतिनिधि,फरक क्षमता भएका व्यक्तित्वहरू,स्वास्थ्य स्वयंसेविका समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियोे ।
मधेस प्रदेशको ८ वटै जिल्लाको ३४ वटा पालिकामा यो कार्यक्रम संचालन रहेको कार्यक्रम संयोजक सुरज कुमार साहले जानकारी दिए ।