• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ
न्यूज टुडे
राजविराज,२२ चैत ।
सप्तरीमा गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सप्तरीको राजविराज नगरपालिका ६ बस्ने बर्ष ५० का रहमत अलि पक्राउ परेका हुन् ।
राजविराज- भारदह सडकखण्ड  अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ बाट शुक्रबार दिउँसो साढे १ बजे मासूसहित अलिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट आउने विङ्गर गाडीमा आफू बस्ने सिट मुनी गाईको मासूजस्तो देखिने मासु १३ किलो ५ सय ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराएको छ । 
पक्राउ परेका अलिमाथी पशुपंक्षी सम्बन्धि कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप भई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।