न्यूज टुडे
राजविराज,१३ चैत ।
बालेन्द्र शाह( बालेर ) प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा सप्तरीसहित मधेस प्रदेशको विभिन्न स्थानमा दिपप्रज्वलन गरिएको छ । मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री नियुक्त भएको भन्दै चोक-चोकमा शुक्रबार साँझ रास्वपा कार्यकर्ता तथा बालेनका समर्थक तथा शुभ चिन्तकले दिप प्रज्वलन गरेको हो ।
बालेन सरकार जिन्दावाद,राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद लगायतका विभिन्न नारा लगाउँदै रास्वपा नेताकार्यकर्ता तथा बालेनका समर्थक तथा शुभ चिन्तकहरु चोक तथा बजारमा राष्ट्रिय झण्डा राखेर मैन बत्ती बालेका छन् ।
सप्तरी सदरमुकाम राजविराज, रुपनी, विरेन्द्र बजार, महुली, तिलाठी कोइलाडी, कल्याणपुर, कदमहा, फत्तेपुर, कंचनपुरसहितका मुख्य बजार चोकहरुमा दिप प्रज्वलन गरिएको हाम्रा स्थानीय प्रतिनिधिहरुले जनाएको छ ।
यसैगरी मधेस प्रदेशको राजधानी जनकपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका मुख्य बजार, शहर तथा चोकमा दिप प्रज्वलन गरिएको हाम्रो स्थानीय सम्वाददाताहरुले जानकारी दिए ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन ) को नेतृत्वमा १५ सदस्यीय मन्त्री परिषद गठन भएको छ ।।