न्यूज टुडे
राजविराज,१२ चैत ।
देशमा नयाँ सरकार गठनको चर्चा भइरहँदा आम जनता भने पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चपेटामा परेको छ। नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि सर्वसाधारण महंगीको चपेटामा परेको हो ।
देशमा व्यप्त रहेको कुशासन अन्य गरि महंगी,गरिवी, बेरोजगारी समस्या न्यूनीकरण हुने आशा र भरोसाका साथ मताधिकार प्रयोग गरेका जनतामा पेट्रोलियम पदार्थमा भएको ठूलो मूल्य वृद्धिले निराशा ल्याएको स्वयम मतदाताहरुले नै बताउन थालेका छन् । नयाँ जनादेश संगै सरकार गठनको चर्चा पाइरहँदा गरिएको अशोभनीय पेट्रोलियम पदार्थको मुल्य वृद्धिले आक्रन्त तुल्याएको उपभोक्ताहरुको गुनासो छ ।
निर्वाचन सम्पन्न भएको दुइसता नपुग्दै पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धिले आम जनताले अभाव र महंगीको सामाना गर्नु परेको उपभोक्ताहरु बताउछन् ।
यता निगमले एक महिनादेखि मध्य पूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मुल्य वृद्धिलाई समायोजन गर्न पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नु परेको स्पष्ट पारेका छन् । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा हुने घाटलाई पूर्ति गर्न मुल्य वृद्धि गरेको जनाएको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार पेट्रोलमा प्रति लिटर १५ र डिजल/ मट्टीतेलमा प्रति लिटर रु १५ को दरले मुल्य वृद्धि गरेको छ । मुल्य वृद्धिसंगै दुइसाता अगाडि प्रति लिटर रु १ सय ५९ रुपैया ५० पैसामा पाइने पेट्रोलको मुल्य १ सय ८७ रुपैयाँ पुगेको छ भने प्रति लिटर रु १ सय ४९ रुपैयाँमा पाइने डिजल / मट्टीतेल प्रति लिटर रु १ सय ६७ पुगेको छ ।
अन्तर्राष्ट्रिय मुल्य वृद्धिलाई आधार मानी पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ मुल्य वृद्धि गरेको निगमले एकहप्ता नपुग्दै पेट्रोल तथा डिजल /मट्टीतेलमा विहिबार १ बजेदेखि लागू हुने गरि प्रति लिटर रु १५ दरले मूल्य वृद्धि भएको जनाएको छ ।
पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी खपतमा मितव्ययिता कायम गर्न आग्रह गर्दै निगमले मुल्य वृद्धिले उपभोक्तामा पर्न गएको असजिलो प्रति क्षमायचना गरेका छन् ।
पेट्रोलियम पदार्थ प्रयोगमा कमी ल्याउन बैकल्पिक उपाय अपनाउन आग्रह गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा मुल्य कम हुनसाथ नेपालमा समेत घटाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नयाँ जनादेशका साथ प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रतिनिधिसभा सदस्यहरुले बिहीवार सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ भने शुक्रबार नयाँ सरकार गठन गर्ने चर्चा हुनथालेको छ ।