• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यालयको होस्टलमा विद्यार्थी मृत्यु प्रकरण : कर्तव्य गरेको पीडित परिवारको आरोप

विद्यालयको होस्टलमा विद्यार्थी मृत्यु प्रकरण : कर्तव्य गरेको पीडित परिवारको आरोप
न्यूज टुडे
राजविराज,११ चैत ।
सप्तरीको खडक नगरपालिका ७ स्थित रहेको फुलेश्वर पब्लिक इङलिस बोडिङ्ग स्कुलमा  कक्षा ७ मा अध्यनरत धर्मेन्द्र कुमार साहको मृत्यु शंकास्पद रहेको पीडित परिवारले बताएका छन् । खडक नगरपालिका ९ लालपट्टी स्थित आफ्नै  निवासमा बुधबार पत्रकारमाझ घटना विवरण सुनाउँदै विद्यार्थी साहलाई कर्तव्य गरि मारेको पीडित परिवारले आरोप लगाएका हुन् ।
मृतक बालक पढ्ने स्कुल । फोटो : न्यूज टुडे
मृतक बालकका बुवा तिलाई साहले पढ्नको लागि होस्टलमा राखिएको छोराको एक्कसी अस्पतालबाट मृत्युको खबर पाउँदा झाँगाबाट खसेको जस्तो भएको बताए । उनले छोरालाई विद्यालयमै हत्या गरि अस्पताल लगेको आरोप लगाए ।
‘घटना चैत ७ गते विहान १०  बजेतिरकै हो, विद्यालयबाट सोभा चौधरीको फोन आयो, तपाईको छोराले मोबाइल चलाउँदै छ’ विद्यार्थीलाई मोबाइल चलाउने  प्रमिसन  छैन, मैले तपाईको छोराको मोबाइल नियन्त्रणमा लिएको छु ।  छिटो स्कुल आउनु, ढिलो भए म बाहिर निस्किन्छु २ बजे मात्र आउनु भनेको थियो’ उनले भने,’ स्कुल बोलाएको समयमा जान्छु भनी घरायसी काम गर्दै थिएँ ,अचानक ११ बजेतिर विद्यालयका पाले भोला मण्डलको मोबाइलबाट लेखापाल धिरेन्द्र चौधरीको फोन आउँछ:- तपाई द्वारिका होस्पिटल छिटो आउनुस, आफू पुग्दा छोराको मृत्यु भइसकेको थियो।’
अस्पताल पुग्दा सोभा म्याडमको श्रीमान समेत रहेका सोही स्कुलका लेखापाल चौधरीले तपाईको छोरा झुन्डिएको अवस्थामा कक्षा कोठामै भेटिएपछि अस्पताल ल्याएको भनिएपनि घटना शंकास्पद रहेको उनले बताए । 
मृतककी आमा ममता साहले छोरालाई कर्तव्य गरि मारेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानवीन गरि न्यायको लागि पहल गरिदिन आग्रह गरिन ।  छोराको मोबाइल खोसेर सोभा म्याडमले कुटपिट गरेको आरोप लगाउँदै उनले घटना लुकाउन आफैले छोराको गालामा गम्छा बाँधेर अस्पताल पुर्‍याउने नाटक मात्र मञ्चन गरेको बताइन् ।
‘स्कुलबाट फोन आएपछि १० मिनेट पछि सोभा म्याडम लाई फोन लगाउँदा नलागेकोले किचेनमा काम गर्ने रविना चौधरीलाई फोन गरेर बुझ्दा गेट नजिक खेल्दैछ भनी जवाफ पाइयो’ उनले भनिन्,’हामी ढुक्क भयौं होस्ट्लमा बसेको छोरा सुरक्षित छ । यसरी घटना घटाउछ भन्ने कसलाई थाह थियो र ? । “
आफ्नो गहना बेचेर छोरालाई पढाउन होस्टल राखेको थियौ भक्कानिदै उनले भनिन् :- ‘अचानक यस्तो घटना सुन्दा अचेत भएर ढले ‘ त्यसपछि के भयो थाहै भएन ।’
 छोराको हत्या भएको दावी गर्दै उनले न्यायका लागि पहल गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन ।
यता विद्यालयकी फाउण्डर समेत रहेकी सोभाले आफुहरुमाथि लगाएको आरोप निराधार रहेको बताउँदै छात्र साह आफ्नै कक्षा कोठामा झुन्डिएको अबस्थामा भेटिएको दाबी गरिन ।
लेखापाल चौधरीले धर्मेन्द्रले आफू सुत्ने ढोका बन्द गरि झुन्डिएको अन्य विद्यार्थीले जानकारी गराएपछि घटना स्थलमा तत्कालै पुगेर उपचारको लागि कल्याणपुर स्थित द्वारिका अस्पताल लगिएको बताए ।  साहलाई अस्पताल पूर्‍याए पनि  चिकित्सकले मृत्यु भइसकेको भनेपछि आफूहरु साह्रै चिन्तामा डुवेको बताए । 
पाले भोला मण्डलले विद्यार्थीले घटना बारे जानकारी दिएपछि ढोका फुटाएर साहको गलामा लगाएको गम्छाको पासो खोलेर अस्पताल पुर्‍यएको बताए । साहलाई बचाउन सकिन्छ भन्ने आशले तत्कालै अस्पताल लगेको उनले बताए ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले घटना शंकास्पद रहेको बताउँदै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परिक्षण गरिएकोले रिपोर्ट नआएसम्म केही भन्न  नसकिने बताए । घटना बारे गम्भीर रुपमा अनुसन्धान जारी राखिएको बताउँदै डिएसपी पुरीले पोष्टमार्टम रिपोर्ट आएपछि थप कारबाही अगाडि बढाउने बताए । 
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक संजीव बोगटीले घटना चैत ७ गते भएको पुष्टि गर्दै साहलाई अस्पताल पुर्‍याएपछी मात्र प्रहरीले खबर पाएको बताए । 
विद्यालयको होस्टलमा बस्दै आएको साहको गत  चैत०७ गते मृत्यु भएको थियो । धरानमा परिक्षण पछि परिवारजनले शव बुझेर गाउँमै अन्त्यष्टी गरिएको थियो  ।
घटना संलग्न भएको आरोपमा अनुसन्धानका लागी विद्यालयका फाउडर समेत रहेका लेखापाल चौधरी, पाले मण्डल र अन्य दुईजना गरि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि २४ घण्टा नबित्दै छोडिएको थियो। 
साह दम्पतीको २ छोरा मध्ये धर्मेन्द्र जेठो थियो । उनको कान्छो छोरो समेत सोही स्कुलमा होस्टलमै बसेर पढिरहेका छन् ।