नर्मदेव यादव
रुपनी,०९ चैत ।
मिटर व्याजी पीडितद्वारा जनकपुरमा चैत १२ गते गर्ने बृहत विरोध प्रदर्शनको तयारी तीब्र पारिएको छ । मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमान्डको आयोजनामा जनकपुर स्थित गोपाल धर्मशाला जनकपुरमा सोमबार तयारी बैठक सम्पन्न भएको हो ।
मिथिला कमान्डका अध्यक्ष मोहन महतोको अध्यक्षता तथा संगठनका महासचिव मनोज पासवानको प्रमुख आतिथ्यमा सप्पन्न बैठकले बृहत आन्दोलनको तयारी गरिएको जनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव पासवानले मिटर व्याज पीडितहरुको समस्याप्रति सरकार उदासीन रहेको बताए । सरकारले मिटर ब्याज पीडितको समस्या समाधानका लागि उजुरी लिने कार्य गरेपनि समाधान भन्दा थप पीडा दिएको बताउँदै उनले अधिकार सुनिश्चितताको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
‘अहिले सम्मको सरकारहरुले हामीलाई जन्माएर सडकमा छोड्दिएको छ। त्यस कारण आफ्नो अधिकारको लागि आफै अग्रसर हुनुपर्छ,’ उनले भने,’ हामीले पाउने अंश नदिएकोले लिएर नै छाड्नुपर्छ।जब सम्म न्याय गरि दिदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ।।”
उनले जनकपुरमा चैत १२ गते हुने विरोध प्रदर्शनमा सम्पुर्ण पीडितहरुलाई सहभागिता जनाउन अपिल गरे।
यसैगरी बैठकमा सहभागी जिल्ला अध्यक्षहरु, जिल्ला इन्चार्जहरु केन्द्रिय सदस्यहरु, भगनी संहठ्नका इन्चार्जहरुले विरोध प्रदर्शनको तयारी बारे धारणा राखेका थिए ।
बैठकमा मिथिला कमान्ड अन्तर्गत रहेको मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरी, सिरहा धनुषा, महोत्तरीको सचिवालयमा रहेको केन्द्रिय सदस्यहरु जिल्ला अध्यक्ष तथ जिल्ला सचिवालय तथा केन्द्रिय देखी जिल्ला सम्मको भगनी संगठनका पदाधिकारीहरु उपस्थिति रहेको थियो
बैठकले विरोध कार्यक्रमलाई सफल पार्न विभिन्न उप – समितिहरु बनाएको तथा सबै संगठनलाई सक्रिय सहभागी जनाउन निर्देशन दिने निर्णय गरिएको मिथिला कमान्ड अध्यक्ष महतोले जानकारी दिए ।