रामनाथ यादव
राजविराज , ०८ चैत ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित जण्डाैल -कुशहा सडकमा नाला निर्माण कार्य अधुरो हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । निर्माण कार्य शुरु भएकाे एक वर्ष वित्न लाग्दा पनि नाला निर्माण अधुरो हुँदा स्थानीयबासी सास्ती खेप्न बाध्य भएका हुन् ।
ठेकेदारकाे लापरबाहीले काम सुस्त गतिमा हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या रहेको स्थानीयहरुले बताए ।
सडक – नाला निर्माणका लागि सडककाे दुवै तर्फमा नाला खनेर खाल्डो वनाएर माटो वीच सडका थुपारिदिएका कारण सर्वसाधारणलाई आवागमनमा सास्ती भाेग्नु परेको स्थानीय कुसुमलाल ठाकुरले वताए । नाला निर्माण कार्य अधुरो हुँदा आसपासका वासिन्दालाई आवतजावतमा कठिनाइ भएको उनले बताए ।
ठेकेदार कम्पनीको अटेरी तथा स्थानीय सराेकारवाला निकायहरुकाे उदासीनता पीडा खेप्न वाध्य स्थानीयको गुनासो रहेको छ ।
उक्त सडक तथा नाला निर्माण कार्यको ठेक्का ओम गणेशय कन्स्ट्रेक्सन प्राइभेट लिमिटेड सप्तरीले लिएको छ । १० कराेड ६२ लाख ४ हजार २ सय ८२ रुपैयाँ ७९ पैसा काे लागतमा वन्दै गरेको सडक-नाला निर्माण २०८२/०२/१३ गते देखि संचालन गरिएको नाला निर्माण कछुवाकाे गतिमा काम भइरहेको स्थानीय मेहनारायण शर्माले वताए ।
ठेकेदार र सकाेकारवाला निकायलाई सडक- नाला निर्माणका लागि पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।
ठेकेदार कम्पनीको लापरबाहीले आफुहरु ठूलो समस्या परेको भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । सघन शहरी तथा भवन निर्माण आयाेजनामा तिलाठी काेइलाडी ६ मा संचालित सडक तथा नाला निर्माण कार्यमा ठेकेदार कम्पनीले मनपरी गरेको स्थानीय वालेन्द्र ठाकुरले वताए ।
‘सडकलाई झण्डै ३/४ मिटर गहिराे खनेर छाेडेका छन्, सडकमा आवतजावत गर्न गाह्रो भएको छ’ ठाकुरले भने, ‘नाला निर्माण कार्य सुस्त गतिमा भइरहँदा आवतजावतमा निकै समस्या भएको छ ।’
सडक- नाला अधुरो छोड्दा वर्षामा पानी जमेर माेटरसाइकल, सिटीरिक्सा लगायतका सवारी चलाउन निकै अफ्ट्यारो भएको ठाकुरले बताए
‘अहिले पनि ठेकेदारकाे लापरबाहीले निर्माण कार्य ठप्प भएको छ । ठेकेदार कम्पनीको वदमासीका कारण सडक तथा नाला अधुरै भएकोले गाउँ नै कुरुप वनेकाे छ ।’ उनले भने , ‘नाला निर्माणकाे मापदण्ड के हाे ? नाला पनि कसरी निर्माण गरेको छ, कति लागतमा निर्माण हुदैछ । कति मात्रामा निर्माण सामाग्री प्रयाेगकाे गरेको छ , पुरै मानपरी गरेको छ ।”