• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महावीर माविको प्रधानाध्यापक यादवकाे विदाई : नयाँ प्रधानाध्यापकमा मण्डल नियुक्त

महावीर माविको प्रधानाध्यापक यादवकाे विदाई : नयाँ प्रधानाध्यापकमा मण्डल नियुक्त
रामनाथ यादव
राजविराज,२९ माघ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३  स्थित महावीर माध्यमिक  विधालयका प्रधानाध्यापक दिलिप कुमार यादवकाे विदाइ गरिएको छ ।  विधालयमा बिहिवार आयोजित एक कार्यक्रमको वीच अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापक यादवल्लाई  विदाई गरिएको हो ।
 शिक्षण सेवाबाट अवकास प्राप्त यादवले  विद्यालयमा पुर्याएकाे याेग्दानकाे कदर गर्दै  फुलमाला, अविर लगाई सम्मान पत्र प्रदान गरि उनलाई विदा गरिएको शिक्षक मनाेज यादवले बताए । 
विद्यालयको प्रधानाध्यापककाे रुपमा कार्यरत रहि सेवा प्रदान गर्दे आएको प्रधानाध्यापक यादवलाई भव्य रुपले विदाई गरिएको उनले जानकारी दिए । 
यस विद्यालयकाे प्रधानाध्यापककाे जिम्मेवारीमा  गाेपाल प्रसाद मण्डल नियुक्त गरिएको विद्यालयले जनाएको छ ।
नवनियुक्त प्रधानाध्यापक मण्डलले  विद्मालय सुधार अभियानमाआफु कटिबद्ध रहेकाले शिक्षकहरु राजनीति भन्दा पनि पठनपाठनलाई गुणस्तरीय बनाउँनतर्फ ध्यानदिनुपर्नेमा जोड दिए  । 
उनले शिक्षाको गुणस्तर सुधार गर्न आफू सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।