• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रामजी यादवको चुनावी भेटघाट तथा घरदैलो अभियान तीब्र 

रामजी यादवको चुनावी भेटघाट तथा घरदैलो अभियान तीब्र 
रामनाथ यादव
राजविराज , २८ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इन्जिनियर रामजी यादवले चुनावी भेटघाट  तथा घरदैलो अभियानलाई तीब्रता दिएका छन् । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर ६ ,७ र ८ स्थित वभनगामाकट्टी , काे .मधेपुरा, सडेपार,धनकाैलमा बुधबार यादवले भेटघाट तथा घरदैलो गरेका हुन् । 
कार्यक्रममा बोल्दै उनले मधेस प्रदेशकाे पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह , पूर्व सिचाइ मन्त्री उमेश कुमार यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत ( सिके) राउत लगायतसंग चुनाव लडेकाेमा आफूलाई गर्व लागेको बताए । 
क्षेत्र नम्बर २ काे इतिहास हेर्दा यी तिनै उम्मेदवारलाई एक पटक जनताले अवसर दिदा पनि केही परिवर्तन हुन नसकेको वताउँदै उनले यस क्षेत्रका जनताहरु धेरै विद्वान र ज्ञानी रहेकोले एक पटक जितेको नेतालाई दोहोर्‍याए माैका नदिने इतिहासले आफू विजयी हुने विश्वास व्यक्त गरे ।
 देशमा नयाँ युग , देशमा परिवर्तन ,सुशासन व्यवस्था कायम गर्नु तथा देशमा नयाँ युवा नेतृत्वकाे खाचो रहेकाेले इन्जिनियर पेशालाई छाेडेर नयाँ पिडीहरुकाे भविष्य निर्माणका निमित्त उम्मेदवारी दिएको उनले वताए ।
भेटघाट तथा घरदैलो कार्यक्रममा राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादव,नेता गुडु सिंह ,उम्मेदवार यादवकी पत्नी काजल कुमारी यादव,स्थानीय युवा रंजीत यादव, प्रयाग यादव (वच्चा ) यादव,विनाेद यादव, रविन्द्र साह ,रामनारायण यादवलगायतको सहभागी रहेकाे थियाे ।