न्यूज टुडे
राजविराज,२८ माघ ।
उज्यालो नेपालका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. दिपक चौधरीले चर्चामा आउने नियतले पूर्व योजना बनाएर बालेन्द्र साहले मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंहको अपमान गरेको आरोप लगाएका छन् । न्यूज टुडेसंग बुधबार कुराकानी गर्दै डा. चौधरीले रास्वपा वरिष्ठ नेता साहले मधेस माथिको हेपाहा कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।
बालेन्द्र साहको अहंकारले मधेसको अस्मितामाथि गहिरो चोट पुगेको डा. चौधरीले बताए । उनको यस प्रकारको उदण्डताले मधेश र मधेसी जनताको शिर झुकाएको भन्दै उनले आक्रोश पोखे ।
डा. चौधरीले पदमा नहुँदै राजामहाराजाको प्रवृत्ति देखाउने यस्तो प्रवृतिलाइ जनताले सवक सिकाउनु पर्नेमा जोड दिए ।
‘मधेसबादका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको जसरी हिजो अपमान गरियो त्यो अन्त्यतै आपत्ति जनक छ’ डा.चौधरीले भने,’यो गजेन्द्र बाबूको अपमान मात्र होइन, मधेस र मधेसी जनता प्रतिको अन्याय हो ।”
बालेनको यस्ता रबैयाले राजनीतिमा अपरिपक्व रहेको पुष्टि भएको भन्दै उनले रास्व्पाले प्रधानमन्त्री घोषणा गरेर देशकै बदनाम गराएको बताए । राजनीतिक अनुभव नभएकाले देश चलाउन नसक्ने तथा मुलुकलाई दुर्घटनामा लैजाने निश्चित रहेको उनले जिकिर गरे ।
यस्तो प्रवृतिले बालेनको लोकप्रियतामा मधेशमा रास आउने निश्चित भएको डा. चौधरीले दावी गरे ।