• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निर्दोष युवाहरूको आमाको काख रितिएको घटनालाई बिर्सन सक्दैनौं : थापा

निर्दोष युवाहरूको आमाको काख रितिएको घटनालाई बिर्सन सक्दैनौं : थापा
न्यूज टुडे
राजविराज,२७ माघ । 
नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजीको आन्दोलनमा भदौ २३ र २४ गते भएको घटनामा जलेको आगलागीको घटनालाई बिर्सिन सकिने भएपनि ज्यान गुमाएका निर्दोष युवाहरूको आमाको काख रितिएको घटनालाई बिर्सन नसक्ने बताएका छन्। सप्तरी क्षेत्र नं १ मा मंगलबार आयोजना भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
उनले सहिद आमाहरूको पीडामा मलम लगाउन,जेनजीको माँग संस्थागत गर्न र देशलाई निकास दिन देशमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।
अहिलेको निर्वाचन योजना र सोचे अनुसारको निर्वाचन नभएर जेनजी आन्दोलनको उपज भएकोले समयभन्दा पहिले भएको उनले बताए । 
´अकस्मात भएको चुनावमा नयाँ पार्टी र व्यक्ति मौकाको फाइदा लिन आएको छ’ उनले भने, ‘देश र जनतालाई समस्या परेको बेला काँग्रेसले सम्हाल्दै आएको र सम्हालिरहने छौं ।’
´नेपाली काँग्रेसले राष्ट्र र नागरिकको उन्नति चाहन्छ । चुनावमा हारजित त हुन्छ, तर देश र जनताले हार्नुभएन्’ उनले भने ,’पार्टीको पवित्रता र सिद्धान्तमा कतै सम्झौता नगर्ने नेपाली काँग्रेस देश बदल्न बदलिएर आएको छ ।’
बदलेको काँग्रेसले देश बदल्ने उनले दाबी गरे ।
देश चलाउँछु भनेर मात्र हुँदैन,देश चलाउन सुझबुझ चाहिन्छ । प्रतिज्ञा,करूणा,दया पनि चाहिन्छ’ उनले भने ।
जनताको भावना र चाहना बुझ्नुपर्ने उनले जोड दिए । ‘नेपाली काँग्रेससँग  सपना संकल्प र जोस र अनुभव पनि छ ।’ 
यो संविधानलाई तलमाथि हुन नदिने संविधान भित्र सबैलाई मिलाएर लैजान प्रतिबद्ध रहेको बताउँदै उनले भने,´अब काँग्रेसले प्रतिज्ञा गर्छ । प्रतिज्ञा अनुसार काम गर्छ घोषणा पत्र जारी गर्दैन् ।’
पुरानो र नयाँ भन्नुभन्दा पनि पुरानोमा नयाँ सोच भएका सबैलाई सम्मान गरेर लैजानुपर्छ । पुरानो सबै खराब भनेर हुदैन् । हाम्रा घरमा पनि पुराना हजुरबुबा हजुरआमा हुनुपर्छ ।उहाँहरूको सम्मान बिना परिवार पूरा हुदैन भने पुराना नेता बिना देश कसरी विकासको कल्पना गर्न नसकिने उनले बताए । 
´नयाँ र पुरानो दुबै पुस्तादेश विकासका लागि आवश्यक छ ।, उनले भने 
सप्तरीको  क्षेत्र नं ४ कंचनपुरूप,क्षेत्र नं ३ कठौनामा कार्यक्रमको आयोजना गरिएको थियोे । कार्यक्रमका क्षेत्र नं १ का उम्मेदवार रामदेव साह,क्षेत्र नं २ का उम्मेदवार राम कुमार यादव,क्षेत्र नं ३ का उम्मेदवार दिनेश यादव,क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी लगायत हवारौ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।