• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल भ्रष्टाचार र विभेदको विरुद्ध लड्ने पार्टी हो :  सरदार

जसपा नेपाल भ्रष्टाचार र विभेदको विरुद्ध लड्ने पार्टी हो :  सरदार
न्यूज टुडे
राजविराज,२७ माघ । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामसुन्दर सरदारले जसपा नेपाल भ्रष्टाचार र विभेदको विरुद्ध लड्ने पार्टी भएको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चौफालमा मंगलबार चुनावी भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
घरदैलो कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सरदारले देशमा हुने सबैखाले विभेद र भेदभाव विरुद्धको लडाइँ लद्ने एकमात्र पार्टी जसपा नेपाल भएको दावी गरे । 
‘जातीय, बर्गीय, धार्मिक साँस्कृतिक, भूगोल, लिंगको आधार अहिले पनि विभेद कायम छ’ उनले भने, कठोर संघर्ष गरेर सबैखाले विभेद गर्नु नहुने संविधानमा लेखाउने पार्टी जसपा नेपाल नै हो’ उनले थपे:- आदिवासी जनजाति, मधेसी,  थरु दलित, मुश्लिम, महिला भएकै कारण अहिले पनि भेदभाव र विभेद रोकिएको छैन । यसबाट मुक्तिका  लागि लड्ने पार्टी जसपा नेपाल हो ।’
आफू लामो समय सामाजिक न्याय र समता मुलक समाज निर्माणका लागि संघर्षमा समर्पित भएर लागेको उम्मेदवार भएको बताउँदै उनले उत्पीडित, अपहेलित,शोषित, पीडितको पीडा र समस्या नजिकबाट बुझेकाले आफू निर्णायक ठाउँमा पुग्नसाथ उनीहरूको समस्या समाधानलाई प्राथमिकता राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले महिला,मधेसी,आदिवासी जनजाति,दलित, लगायतका समुदायले पाएको अधिकार जसपा नेपालकै संघर्षको उपलब्धि भएको जिकिर गरे ।
स्थानीयले राखेको समस्या र गुनासोलाई सुझावको रुपमा ग्रहण गरेको भन्दै जसपा नेपालका केन्द्रीय सदस्य सरदारले आफू पहिले नै यस्तो उस्तो गर्छु भन्ने भन्दा जीत पछि टोलटोलमा आएर जनताको समस्या खोजी गरि काम गर्न प्रतिबद्ध रहेको बताए । 
प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङले केही पार्टी नयाँ प्रति लक्षित  गर्दै हावाहुरीको  न गन्तव्य न दिशा हुन्छ यसले विनाश र दुर्घटना मात्र निम्त्यउने भएको मतदातालाई सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।
जसपा नेपाल गाउँपालिका सहसचिव भिम बहादुर राईले एकसतक भन्दा पुरानो चौफाल गाउँलाई विकासको आधारभूत समस्या समेत सम्बोधन हुन नसकेको बताए । उनले पटकपटक जिताएर पठाएको संसदहरु मन्त्रीसम्म भएपनि चौफाल गाउँलाई विकासमा भेदभाव गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 
उनले बाटो, विजुली, खानेपानी, धार्मिक स्थल तथा सामुदायिक विकासका योजना सबै उम्मेदवार समक्ष राख्दा पनि सुनुवाइ नभएको भन्दै आक्रोश पोखे । 
कार्यक्रम संचालन जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का चुनावी प्रसार प्रसार समितिका संयोजक सुर्यमान तामाङले गरे । 
उक्त कार्यक्रममा भक्त बहादुर लो तामाङको नेतृत्वमा १३ सदस्यीय वडा स्तरीय चुनावी प्रचारप्रसार समिति तथा १० सदस्यीय बुथ समिति गठन गरिएको छ । 
गठित समितिको सह संयोजकमा गंगा राई र सचिवमा भुपेन्द्र राईलाई चयन गरिएको छ ।
यसैगरी समितिको सदस्यहरुमा गिता गोले, भक्त कुमारी मगर,धन बहादुर तामाङ,केदार राई, सन्जमान तामाङ,तारा तामाङ,चन्द्र बहादुर तामाङ,प्रमोद गोले,मुसहरु राम र तिलक तामाङ रहेका छन् ।
यसैगरी बुध समितिमा भिम बहादुर  राई, भुपेन्द्र राई, चन्द्र बहादुर तामाङ,सन्तोष कुमार चौधरी,पिण्टु कुमार मण्डल,श्रवण कुमार मण्डल,अजय कुमार खंग, श्याम कुमार खंग, अर्विन्द  कुमार चौधरी,पुलकित चौधरीलाई चयन गरेको गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरीले जानकारी दिए ।