• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना
न्यूज टुडे
राजविराज ,०२ माघ । 

सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार  मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालयले स्थापना गरेको हो । 
आगामी फागुन २१ गते  हुन लागेको  निर्वाचनका लागी  सप्तरी सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ । मुख्य निर्वाचन अधिकृतमा सप्तरी जिल्ला अदालतका न्यायधिश किशोर घिमिरे रहेका छन् ।
शुक्रबार नै सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिका, निर्वाचन क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए । 
क्षेत्र नम्बर १,३,४ मा क्रमशः जानकी रमण यादव, सीताराम अर्याल र विष्णु प्रसाद आचार्य निर्वाचन अधिकृत रहनु भएको उनलेे जानकारी दिए । 
सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत कार्यालयको राजविराज नगरपालिकाका नगरप्रमुख इसरत परवीनले उद्घाटन गर्दै निर्वाचन मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । 
मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचन कार्यालय स्थापना संगै निर्वाचन आयोगले तयार पारेको कार्यातालिका अनुसार गतिविधि अगाडी बढ्ने बताए । उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न नागरिक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सबै सरोकारबाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन कार्यालय उद्घाट्न समारोहमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,, बरख गणका गणपति   प्रमुख सेनानी सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक कुलचन्द्र नेपाल, प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
आयोगको घोषित निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, ७ गते उम्मेदवारको विरुद्धमा उजुरी, ८ गते उजुरी उपर छानविन र उम्मेदवारको नामाबली प्रकाशन तथा माघ ९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामाबली प्रकाशन तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेका  सहायक निर्वाचन अधिकृत श्धिकारीले जानकारी दिए ।