• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महुलीमा भव्यताको साथ मनाइयो माघी
रामनाथ चौधरी
महुली,०२ माघ । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा शुक्रबार थारु सम्वत २६४९ एवम् माघी महोत्सव २०८२ भव्यताको साथ मनाएको छ । अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ नम्बर वडा कार्यालयको सहयोगमा थारु माघी महोत्सव समिति वडा नम्बर ६ रतवालाद्वारा महोत्सव आयोजना गरेको हो । 
आयोजक समितिका संयोजक लक्ष्मीदेवी चौधरीको अध्यक्षता तथा अग्नीसाइर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी, पूर्वमन्त्री नबल किशोर साह(रामबाबु)  थारु कल्याणकारिणी सभाकी केन्द्रीय उपाध्यक्ष सावित्री चौधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का वडाध्यक्ष अशोक कुमार आचार्य, पूर्व वडाध्यक्ष कुसुम आचार्य,स्थानीय समाजसेवी दिव्यराज सुवेदी, बाबुराम बस्नेत, श्याम यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
स्थानीय देवकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत किरण चौधरीले गरिन ।
महोत्सवमा स्थानीय कलाकारद्वारा ‘बिग्रल बाबुके सुधरल बेटा’ शिर्षकमा जनचेतनामूलक  संदेश  प्रवाह गर्ने नाटक, थारु पौराणिक गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।