• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनचेतनामूलक र्‍याली तथा सडक नाटक
न्यूज टुडे
राजविराज,१९ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ रंजितपुरमा शुक्रवार बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग साझेदारी कार्यक्रम अन्तर्गत सडक नाटक, र्‍याली तथा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको छ । बालविवाह बिरूद्ध प्रदेश स्तरीय संजाल,सेभ द सप्तरी,परिकल्पना नेपाल सप्तरी तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
 प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत बालविवाह न्युनीकरणका लागि जनचेतनामूलक सडक नाटक गरिएको थियोे । सडक नाटकमा स्थानीय बालसंजालका बालबालिका सहितले अभिनय गरेका थिए ।
जबसम्म हुदैन २० वर्ष पूरा तबसम्म नगरौ विवाहको कुरा,बेटी बचाउ, बेटी पढाउ,छोराछोरी बराबरी बालविवाह अन्त्य गरौँ ,बालविवाह निन्दगी तवाह,बाल विवाह समाजिक अपराध होलगायत नारा लगाएर स्थानीय, विद्यार्थी, प्रहरी ,संघसंस्थाका कर्मचारीहरू लगायतको उपस्थितमा रंजितपुर टोलबाट निकालिएको र्‍याली गोरगामा चोकसम्म पुगेर समापन भएको थियो ।
कार्यक्रममा धर्मगुरू, शिक्षक, स्थानीय जनप्रतिनिधि, सरोकारबाही, प्रहरी लगायतलाई बालविवाह गराउँदैनौं,बालविवाहको जन्ती भोज लगायत कुनैपनि कार्यक्रममा सहभागी गराउँदैनौ,बालविवाहलाई सधै निरूत्साहित गर्नेछौ भनी प्रतिबद्धता सहित हस्ताक्षर गराईएको थियोे ।
कार्यक्रम सेभ द सप्तरीका कार्यक्रम संयोजक फर्जाना अक्रम, कार्याालय सहायक राम सागर मेहता,फिल्ड अफिस सिल्पा देव,परिकल्पना नेपालका उपाध्यक्ष सुनिता परियार, कोषाध्यक्ष डोलि सिंह,सदस्य सवाना प्रविण, कार्यक्रम संयोजक रिमा चौधरी , लेखापाल नरेश चौधरी समेतको उपस्थिति रहेको थियोे ।