• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा पाँच दिने आइसिटी तालिम
न्यूज टुडे
राजविराज,२२ बैशाख ।
फेसिलेटरहरूका लागि पाँच दिने आइसिटी तालिम राजविराजमा बुधबारदेखि शुरू भएको छ । महेन्द्र विन्देश्वरी क्याम्पसमा रहेको रिसर्च मेनेजमेन्ट सेल( आरएमसी) को आयोजना र युनिभर्सिटी ग्रेन्टस कमिसन( युजिसी) को सहयोगमा तालिमको आयोजना गरिएको हो । 
तालीममा सहभागीहरु । फोटो : न्यूज टुडे
नेपालकै जेठो क्याम्पसहरू मध्ये एक राजविराज स्थित रहेको महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजविराजमा इतिहासमै पहिलोपटक यस्तो तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । 
 ।
किताबको ज्ञानसँगै अध्ययन गर्न,अनुसन्धान गर्न,लेख लेख्न र टेक्नोलोजीको थप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको क्याम्पसका प्रध्यापक सुरेन्द्र गुप्ताले जानकारी दिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा पिताम्बर लाल यादवले अहिले सबैको लागि एकदमै आवश्यक रहेको टेक्नोलोजीको जानकारी बिना कुनै पनि काम सम्भब नभको बताए । उनले यो तालिमले टेक्नोलोजीसँगै सहभागीमा अध्ययन,अनुसन्धानको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिम यस क्याम्पसमा पहिलोपटक आयोजना भएपनि यस्ता तालिम समय समयमा आयोजना गर्न आवश्यक रहेको उनको भनाइ छ ।
 इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष एवम शैक्षिक अभियन्ता डा.सूर्या प्रसाद यादवले तिनपुस्ताको उमेरका सहभागीहरू यस तालिममा एकैसाथ सहभागी रहेकोले यो तालिम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन  समारोहमा पूर्व मेयर गोविन्द सिंह,शैलेश चौधरी,प्रा.डा पिताम्बरलाल यादव,पूर्व क्याम्पस प्रमुख डा. चिरञ्जीवी लाल देव,क्याम्पस प्रमुखहरू,सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियोे । 
क्याम्पसका प्राध्यापक,सह प्रध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको तालिममा चितवन र काठमाडौंका २/२ जना गरि ४ जनाले प्रशिक्षण दिने क्याम्पसले जनाएको छ ।