• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिकाभित्र विभिन्न महत्वपूर्ण सार्वजनिक स्थलहरु छन् । तर संरक्षण अभावका कारणले तिनको अवस्था दिनानुदिन बिग्रदो छ । निर्माण सम्पन्न भएर उद्घाटन भएको पनि एक वर्ष हुनै लागेको राजविराज बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
स्तरीय बसपार्क ठूलो लगानीमा तयार भएर पनि सुनसान रहनाले त्यहाँ बाहिरी अतिक्रमण बढ्न थालेको छ । बसपार्क भित्र निर्माण गरिएका सौचालयलाई फोहर गरेर प्रयोगबिहीन अवस्थामा पु¥याईएको छ । बसपार्क सञ्चालनमा लगाउनका लागि नगरपालिकाले नै मुख्य रुपमा पहल गर्न आवश्यक रहे पनि अहिलेसम्म उक्त काम हुन नसक्दा नगरका व्यस्त सडकबाट नै सार्वजनिक यातायातका साधनको पार्कि· चलिरहेको छ । करोडौंको लगानीमा यति महत्वपूर्ण संरचना तयार भएर पनि त्यसको उपयोगिता लिन नसकिएको अवस्था छ । नगर क्षेत्रमा अन्य विभिन्न सार्वजनिक सोचालय रहेतापनि उचित सरसफाई र पानकिो अभावका कारण अत्यधिक फोहर रहने गरेका छन् । यस्तै अर्को महत्वपूर्ण सार्वजनिक स्थल राजरंगशालाको अवस्था समेत खस्कँदो छ । रंगशालामा प्रवेश गर्ने मुख्य प्रदेशद्वार अति जीर्ण अवस्थामा रहेका कारण कुनै पनि समयमा भत्केर गम्भीर दुर्घटनाको जोखिम छ । रंगशालामा जुनसुकै समय जो पनि प्रवेश गर्ने गरेका कारण अत्यधिक फोहर रहने गरेको छ । नगपालिका नजिकै भगवती पोखरीको ठूलो लगानीबाट जिर्णोद्वार त गरिएको छ । तर लुकिछिपी त्यहाँ बाहिरबाट ल्याएर प्लाष्टिकजन्य फोहर मिल्काउने क्रम अझसम्म रोकिएको छैन । 
नगर क्षेत्र भित्रका अन्य सार्वजनिक स्थलमा पनि संरक्षणको अभाव देखिने गरेको छ । संरचना निर्माण गरेर मात्र पुग्दैन त्यसको संरक्षण र उपयोग तर्फ पनि उत्तिकै ध्यान पु¥याउनु पर्ने आवश्यकता रहन्छ । सार्वजनिक सम्पत्तिको नोक्सानी तथा दुरुपयोग रोक्ने तर्फ तदारुकता नदेखाउने हो भने यो विकृति अझै बढेर नजाला भन्न सकिन्न ।