• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मादक पदार्थ  सेवन गरी उपद्रो गर्ने २ जना पक्राउ 

मादक पदार्थ  सेवन गरी उपद्रो गर्ने २ जना पक्राउ 
न्यूज टुडे
राजविराज,२४ बैशाख । 
मादक पदार्थ सेवन गरि उपद्रो गरेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहबाट दुईजना पक्राउ परेका छन् ।  स्थानीय ३६ बर्षिय विनेश मण्डल र बर्ष ३१ का अनिल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
मधेस प्रदेश ०३-००२ ख २३७४ नम्बरको बसलाई रोकी चालक र सहचालकलाई अश्लील शब्दहरु प्रयोग गरि हातपात समेत गरेको उनीहरुमाथि आरोप छ । 
मादक पदार्थ सेवन गरि सवारी चालक र सहचालकमाथि  दुर्व्यवहार गर्दै अपशब्द प्रयोग गरेको उजुरीको आधारमा दुबैजनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दा  दर्ता गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ६ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी सवारी ज्यान कसुरमा महादेवा गाउँपालिका ४ का बर्ष २२ का विक्रमराज शुक्ला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
फत्तेपुर- कंचनपुर सडकखण्ड अन्तर्गत कंचनपुरबाट फत्तेपुर जाँदै गरेको बा ५ प २०२८ नम्बरको शुक्लाले चलाएको मोटरसाइकलले सप्तकोसी नगरपालिका ९ का बर्ष ७४ को मिश्रीलाल खंगलाई ठक्कर दिई मृत्यु भएको प्रहरीले बताएको छ । 
दुर्घटनामा गम्भीर घाइते खंगको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा  सोमबार मृत्यु भएको प्रहरी बताएका छन् । 
पक्राउ परेका शुक्ला विरुद्ध सवारी ज्यान कसुर मुद्दा  दर्ता गरि  सप्तरी जिल्ला अदालत राजविराजबाट ४ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।