• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश प्रदेश सरकार ढल्यो, मुख्यमन्त्रीद्वारा राजीनामा

मधेश प्रदेश सरकार ढल्यो, मुख्यमन्त्रीद्वारा राजीनामा
न्यूज टुडे
राजविराज, २२ कात्तिक । 
मधेस प्रदेश सरकार ढलेको छ ।  विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको हो ।  
सरकारको विश्वासको मतको विपक्ष आफ्नो भनाई राख्दै माओवादी केन्द्रकी प्रदेश सभा सदस्य माला कर्ण । फोटो : न्यूज टुडे
मुख्यमत्री  सोनालले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।  शनिबार विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेश गर्ने पनि जानकारी गराए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी अनुपस्थित भएकी थिइन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला कर्णले  सदनमै विद्रोह गरेका थिए ।त्यसपछि आफूले मत पाउने संकट देखेसँगै  मुख्यमन्त्री सोनालले राजीनामा घोषणा गरेका हुन् ।