• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा दुई फरार प्रतिवादी पक्राउ
न्यूज  टुडे
राजविराज, २२ कार्तिक । 
सप्तरी प्रहरीले दुइजना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार एक प्रेस विज्ञप्ति जारी  गर्दै उक्त जानकारी गराएको हो । 
पक्राउ परेका प्रतिवादी सप्तरी जिल्ला अदालतबाट कैद तथा जरीमाना भएका व्यक्तिहरु हुन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका ४ का रामा देवी सरदार र रिता देवी सरदार रहेकी  छन् । 
उनिहरु दुबैलाई जनही ५ हजार जरिवाना ३ महिना कैद सजाय तोकिएको छ ।  पक्राउ परेका प्रतिवादीहरुलाई शुक्रबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद कुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।