अध्यक्षले पदबाट राजिनामा दिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले पदभार ग्रहण गरेकी छन् । गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रमको वीच उनले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन् ।
कार्यबाहक अध्यक्षलाई गम्छा ओढाएर सम्मान गर्दै प्रमुख प्रशासकीय अधिकृत यादव । फोटो: न्यूज टुडे
कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, वडा नम्बर १ का वडा अध्यक्ष सवजुल खलिफा,२ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ६ का अध्यक्ष अशोक कुमार आचार्य, ५ का कार्यबाहक अध्यक्ष गया प्रसाद चौधरी, कर्मचारी, समाजसेव, बुद्धिजीवीहरुले फुल माला टीका लगाएर बधाई तथा शुभकामना दिएका छन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी । फोटो : न्यूज टुडे
पदभार ग्रहण गर्दै कार्यबाहक अध्यक्ष चौधरीले आफुले पाएको जिम्मेवारीलाई कुसलता पूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाको तमाम समस्यालाई प्राथमिकरण गरि समाधान गर्ने उनले बताइन् । जनताको विश्वास र मायालाई खेर जान नदिने बताउँदै कार्यबाहक अध्यक्ष चौधरीले आम जनताको निराशालाई आशामा बदल्ने उल्लेख गरिन।
सुशासन र विधिको शासन कायम गरि गाउँपालिका मातहतका सबै कार्यालयहरुबाट दिने सेवा सुविधालाई थप प्रभाकारी बनाउँदै बितीय पारदर्शीतालाई बलियो बनाउँन सबै क्षेत्र पक्षसंग समन्वय र सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट दिएको राजिनामा आफै स्वीकृत गर्दै उपाध्यक्ष चौधरी कार्यबाहक अध्यक्ष बनेकी हुन्। उनले विवादका वीच कार्यबाहक अध्यक्षको पदभार सम्हालेकी छन् ।
गाउँपालिका अध्यक्ष चौधरीले आफुले राजिनामा नदिएको तथा झुक्याएर राजिनामा पत्रमा हस्ताक्षर गराएको भन्दै जबर्जस्ती भए कानूनी उपचार खेज्ने बताइसकेका छन् ।