• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

राजिनामा दिएको होइन भनि अध्यक्ष चौधरीले दिएको अभिव्यक्तीप्रति आपत्ति 

राजिनामा दिएको होइन भनि अध्यक्ष चौधरीले दिएको अभिव्यक्तीप्रति आपत्ति 
न्यूज  टुडे
राजविराज, २० कार्तिक । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले अध्यक्ष दिनानाथ चौधरीले  आफुले पदबाट राजिनामा दिएको होईन भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । गाउँपालिका कार्यालयमा विहीबार पत्रकार सम्मेलन गर्दै उनले  अध्यक्ष चौधरीले  पदबाट राजीनामा दिएको दावी गरेका हुन् । 
 पत्रकार सम्मेलनमा बोल्दै कार्यवहाक अध्यक्ष चौधरीले अध्यक्ष चौधरीले राजिनामा नदिएको भनी दिएको भ्रमपूर्ण अभिव्यक्ति प्रति गम्भीर ध्यनाकर्षण भएको बताएकी छन्। राजिनामा पत्रमा भएको दस्तखत अध्यक्ष चौधरीकै रहेको जिकिर गर्दै उनले अध्यक्ष चौधारीले स्वेच्छाले  राजीनामा दिएको दावी गरिन् ।  झुक्याएर हस्ताक्षर गराएको भनी अध्यक्ष चौधारीले जनतामा भ्रम फैलाउने उदेश्य राखी दिएको अभिव्यक्ति प्रति आपत्ति व्यक्त गर्दै उनले  अध्यक्षले यस्तो नीच व्यवहार देखाउला भन्ने विश्वास नगरेको बताइन्।
‘अध्यक्षले होस मै राजीखुसी राजीनामा दिएको हो’ उनले भनिन्, वहाको राजिनामा आएपछि सहमति जुटाउन र घरमै गएर पनि  राजिनामा दिनु भएको छ, भनी जानकारी समेत गरिएको छू।  गाँउपालिकामा समस्यामाथि समस्या थप भएकोले मिलेर  निकास दिनुपर्छ भनि पटकपाटक प्रयास  गर्दा मेरो कुरा सुन्नै चाहानु भएन।’
मिलेर जाने धेरै प्रयास गर्दा समेत  अध्यक्षको एकल सर्वसत्तावादी अहंकार र स्वेच्छाचारी निर्णय गर्दै सहमतिमा आउन नमानेपछि बाध्य भएर कार्तिक १८ गतेको कार्यपालिका बैठकबाट राजीनामा स्वीकृति गर्ने निर्णय अनुसार अध्यक्षले पदबाट दिएको राजीनामा स्वीकृत गरेको उनले बताइन्। 
अध्यक्ष बाहेकको पूर्ण  कार्यपालिका बैठकले अध्यक्षको राजीनामा स्वीकृत गरी उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्यले बताए। उनले अध्यक्षले स्वेच्छाले राजीनामा दिएको जानकारी दिए।
पत्रकार सम्मेलनमा सहभागी वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का वडाध्यक्ष तेज नारायण यादवले अध्यक्षको राजीनामा पात्रमा दस्तखत अरु कसैको नभई उनकै भएको बताए।
असोज ५ गते  अध्यक्ष चौधरीले दिएको लिखित राजिनामा मंगलबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले स्वीकृत गरेको पत्र सार्वजनिक भएको थियोे । 
गाउँपालिका अध्यक्ष ज्यूले आफू समक्ष दिएको राजिनामा मंगलबार बसेको कार्यपालिका बैठकमा निर्णायार्थ प्रस्ताव पेश गरी बहुमतले राजिनामा स्वीकृत  भएपछि अध्यक्षले दिनु भएको राजिनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना कुमारी चौधरीले निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । 
नेपालको संविधान २०७२ को धारा २१५ को उपधारा (८) क बमोजिम मंगलबारबाट लागू हुने गरि २०८२ असोज ५ गते अध्यक्षले दिएको राजिनामा स्वीकृत गरेको निर्वाचन आयोगलाई पठाएको पात्रमा भनिएको छ। उपाध्यक्ष चौधरीले संविधानको धारा टेकेर कानूनले दिएको अधिकार प्रयोग गरि अध्यक्षको राजिनामा स्वीकृत गरेको जिकिर गरिन ।