• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा ९ लाखबढीको अबैध सामान बरामद
न्यूज टुडे
राजविराज, १९ कार्त्तिक ।
सप्तरी प्रहरीले लाखौँको अवैध सामान बरामद गरेको छ । भारतबाट चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ४२ हजार ८ सय ८५  रुपैया बराबरको सामान बरामद गरेको हो  ।  
भारतबाट अबैध रूपमा ल्याइएका विभिन्न कपडा र किराना सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत कार्यालयले भारतबाट भन्सार छली गरी चोरी–पैठारीमार्फत ल्याइएका सामानहरू नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर वहादुर पुरीले बताए  । 
करिब ९ लाख ४२ हजार ८ सय ८५  रुपैयाँ बराबरको सामानहरू आवश्यक कानूनी कारवाहीका लागि बुधबार भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।