न्यूज टुडे
राजविराज,१७ कार्तिक ।
गेंड सिंह युवा क्लब जगमोहनद्वारा सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित छैठो पच शिल्ड फुटबल प्रतियोगिताको उपाधि बेङ्गरी एफसीले हात पारेको छ । मावि तेरहौताको खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा युनिटी एफसी विरेन्द्र बजारलाई २- ३ गोलले पराजित गर्दै बेङ्गरीले उपाधि माथि कब्जा जमाएको हो ।

निर्धारित ६० औं मिनेटको खेलको पहिलो हापको १५ औं मिनेटमा विरेन्द्र बजारका जर्सी नम्बर ६ का दिपेश चौधरीले १ गोल गरि टिमलाई अगाडि बढाए । पहिलो हापकै १७ औ मिनेटमा बेङ्गरी एफसीका जर्सी नम्बर ८ का दिपेश चौधरीले गोल गरि टिमलाई बराबरीमा ल्याएका थिए ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलको दोश्रो हापको ११ औं मिनेटमा बेङ्गरीका जर्सी नम्बर १३ का प्रितम चौधरीले १ गोल गरि टिमलाई १- २ गोलले टिमलाई अगाडि बढाए । खेलको १५ औं मिनेटमा विरेन्द्र बजारले पाएको फ्री किकलाई जर्सी नम्बर १० का पासाङ तामाङले प्रहार गरेको बल गोलमा परिणत भएपछि बराबारी भएको थियो ।
खेलको अन्तिम समय २९ औ मिनेटमा बेङ्गरीले पाएको कर्णल किक जर्सी नम्बर १७ का रोनिक मगरले गोल गरेपछि बेङ्गरी २-३ गोलले विजयी भएको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए ।
जित संगै विजेता तथा उपविजेता टिमले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल, प्राप्त गरे ।
आयोजक समिती अध्यक्षका दिपेन्द्र कुमार सरदारको अध्यक्षतामा आयोजित समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपसभापति शम्भु कुमार यादव, वडा नम्बर ६ का वडाध्यक्ष बद्री नारायण सरदार, नेपाल सरदार बाँतर संघका राष्ट्रिय अध्यक्ष श्यामसुन्दर सरदार, युवा नेता अरुण कुमार साह, रन्जित भगतलगायतकाले पुरस्कार वितरण गरे ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिटी एफसीका दिपेश चौधरी घोषित भए भने उत्कृष्ट गोलकिपर बेङ्गरीका सन्दीप भट्टराई घोषित भए । उनीहरुलाई मेडल र ट्रफीबाट सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपसभापति शम्भु कुमार यादव, नेपाल सरदार बाँतर संघका राष्ट्रिय अध्यक्ष श्यामसुन्दर सरदार, युवा नेता रन्जित भगतलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनी देवी सरदार, नेपाल पत्रकार महासंघका बृजमान तामाङ लगायतका स्थानीय जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी समाजसेवीहरुको समेत उपस्थिति थियो ।
शिक्षक दिपेन्द्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय नेता रमानन्द ठाकुरले गरे ।
प्रतियोगितामा बेङरी एफसी, प्रशवनी एफसी,जगमोहन एफसी,राजपुर एफसी, युनिटी एफसी,लोहजारा एफसी,शम्भुनाथ एफसी, विशनपुर एफसी गरि ८ टिम सहभागी थिए ।