• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अग्नीसाइरको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी हाजिर

अग्नीसाइरको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी हाजिर
न्यूज  टुडे
राजविराज,१७  कार्तिक। 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रमेश कुमार चौधरी हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी  दिएपछि चौधरी सोमबार हाजिर भएका हुन् । 
चौधारीलाई उपाध्यक्ष कल्पना कुमारी चौधारीसहित वडाध्यक्षहरु, कर्मचारीहरूले स्वागत गरे । हाकिम नहुँदा कर्मचारीहरुलाई तलवभत्ता खुवाउन र सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या भएको थियो ।
गाउँपालिकाले असोज  २२ गतेको पत्रबाट आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिन लेखी आएको सम्बन्धमा स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ८४ को उपादफा ४ बमोजिम खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्म चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनलाई बढीमा २०८२ कार्तिक मसान्तसम्मको लागि मात्र जिम्मेवारी प्रदान गरिएको पनि भएपनि जनप्रतिनिधिहरुको आन्तरिक विवादले गर्दा हाजिर गरिएको थिएन। 
गाउँपालिकामा कार्यरत वरिष्ठतम् कर्मचारी रमेश कुमार चौधरीलाई कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि जिम्मेवारी दिएको थियो । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा पठाइएको केशव कुमार झालाई  भु-माफियाको प्रभावमा परी इटहर्वा बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेको आरोप लागेपछि स्थानीयको विरोध पछि हाजिर नभएकाले प्रमुख प्रशासकीय अधिकृत विवाद उत्कर्षमा पुगेका थिए । 
झा हाजिर नभएपछि तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रदान गर्न कार्यपालिका बैठकले निर्णय गरि मन्त्रालयलाई पत्र पठाएका थिए । 
निर्णयको ४ घण्टा नपुग्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यपालिकाको बैठकको निर्णय उल्टाँउदै यादवलाई रोक्न मन्त्रालयलाई पत्र पठाएको थियो ।  प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा विवाद बढेपछि गाउँपालिका अध्यक्षको एकल निर्णयबाट असंवैधानिक बाटोबाट गाउँपालिका मातहतमा कार्यरत संजय साहलाई जिम्मेवारी दिएको पत्र सार्वजनिक गरेका थिए । 
प्रमुख प्रशासकीय अधिकृतको अन्योलताले दशैमा कर्मचारीहरु तलवभत्ताबाट बन्चित भएका थिए । तलव भत्ता पाउने सुनिश्चितता नभएपछि अहिले शिक्षक कर्मचारीहरु आन्दोलनमा  उत्रिएका छन्।