न्यूज टुडे
राजविराज,०५ कार्तिक ।
यादब सेवा समितिको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालयले गाेवर्धन पुजाकाे अवसरमा बुधबार बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
उक्त अवसरमा पत्रकार चन्दन कुमार यादव, मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद सिँह यादब सहित पालिका उपप्रमुख सहित विभिन्न ब्यक्तीहरू सम्मान गरिएको छ ।
राजबिराज ९ स्थित राधाकृष्ण मन्दिरकाे सभाहलमा आयाेजित सभामा समाजको उत्थान र विकासमा गरेको याेगदानकाे उच्चकदर गर्दै विभिन्न ब्यक्तीहरूलाई यादब सेवा समितिका अध्यक्ष गंगाराम यादबले प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।
सम्मानित हुनेहरूमा प्रदेश सभा सदस्य यादव, पत्रकार यादव, जिल्ला बिकास समन्वय समितिका उपप्रमुख शम्भु प्रसाद यादब, डाक्नेश्वरी नगरपालिका उपप्रमुख मिरा कुमारी यादब, बिष्णुपुर गाउँपालिका रेणु यादब, महादेवा गाउपालिका अध्यक्ष अर्चना यादब, छिन्मस्ता गापा राजुदेबी यादब, तिरहुत गापाकी बिना यादब, बलान बिहुल गापा उपाध्यक्ष रेणु यादब, हनुमाननगर कंकालनी नगरपालिका उपप्रमुख सरिता देवी यादब सिपलिया रहेका छन् ।
यसैगरी यादब समुदायवाट समाजिक बिकास तथा उधम क्षेत्रमा गरेको याेगदानकाे उच्च सम्मान गर्दै विभिन्न ब्यक्तीहरू सम्मान।गरिएको आयोजकले जनाएको छ ।
संचारकाे माध्यमवाट समाजलाई सचेत गराउन अहमभुमिका खेलेकाे प्रति उच्च सम्मान गर्दै सप्तरी टाईम्स तथा मेमाे खबर अनलाईन सम्पादक चन्दनकुमार यादबलाई दाेसला, कदर पत्र वाट सम्मान गरिएको थियो ।
यसैगरी बृद्विजिवी तर्फ डा कालिप्रसाद यादब, डा सत्य नारायण यादब, अवकाश प्राप्त शिक्षक नागेन्द्र प्रसाद यादब, आजिवन सदस्य शिक्षक महासँघका प्रदेश अध्यक्ष परशुराम यादब सम्मानित भएका छन।
समाजसेवी तर्फ छिन्न्मस्ता डायरी उधाेगका संचालक सुरेन्द्र प्रसाद शर्मा, कथाबाचक पंडित शास्त्री रामकृष्ण यादब, मैथिली गायक साेेनु कुमार, केशव कर्ण, न्यु अफसेट प्रेस बालेश्वर यादब सम्मानित भएका छन।
त्यस्तै अधिवक्ता तथा पुनरावेदन वार एशाेसियशन ईकाई अध्यक्ष हरेराम यादब, लेखापढी कानुन ब्यवसायी ईकाई अध्यक्ष श्रीलाल यादब, सचिव बद्री नाारायण यादब, वसन्त यादब, सुदिप यादब रहेकाे छ।
यसैगरी सम्मानित हुनेमा मन्दिरका महिला मण्डली तर्फ मिना वर्मा, चन्देश्वरी देवी यादब रहेकाे छ।
सभामा मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद सिँँह यादबले यादब समुदायमा देखिएकाे बिकृतीहरूलाई अन्त्य गरी समाजकाे बिकास र उत्थानमा भुमिका खेल्नुपर्नेमा जाेड दिए।
बालवालिका तथा युवाहरूलाई कुलतवाट जाेगाउन समाजका अगुवाहरूले विभिन्न चेतनामुलक कार्यक्रम गर्न यादब सेवा समितिले भुमिका खेल्नुुपर्नेमा उनको भनाइ थियो।
पूर्व मन्त्री एवम् संविधान सभा सदस्य उमेश कुमार यादबले यादब समुदायले मुलुककाे विभिन्न परिवर्तन तथा अधिकार प्राप्तीकाे आन्दाेलन र सामाजिक परिवर्तनमा अहम भुमिका रहेकाे चर्चा गरे।
उनले युवाहरू गलत गतिबिधि सँगै कुलतमा फसेकाेले यस्ता कुरितिवाट जाेगाउन यादब सेवा समिति भुमिका खेल्नुपर्नेमा जाेड दिए।
रूपनी गाउपालिका अध्यक्ष दिनेश यादबले सप्तरीमा यादब समुदायकाे ईतिहास लाेपहुने अबस्थामा रहेकाेले यसकाे संरक्षण, समद्वन र उद्वानकाे लागि यादब सेवा समितिले भुमिका खेल्नुपर्नेमा जाेड दिए।
यादब समुदायकाे बच्चाहरू कुलतमा फसिरहेकाेले यादब सेवा समितिले यस्ता बिकृतिवाट यादब समुदायका वालवालिकाहरूलाई बचाउन र सुधार गर्न सबै एकजुट भएर अन्त्य गर्नुपर्नेमा जाेड दिए।
डाक्नेश्वरी नगरपालिका उपप्रमुख मिरा यादबले यादब समुदायकाे महिलाहरूकाे हकहित, अधिकार तथा प्रतिनिधित्व गराउनु यादब सेवा समितिले भुमिका खेल्नुपर्नेमा जाेड दिईन।
सभामा महादेवा गाउपालिका उपाध्यक्ष अर्चना यादबले यादब समुदायका बालवालिकाहरू बिकृती तर्फ बढी आग्रसर हुँदै गएकाेले यस तर्फ राेक्न यादब समुदायले अभिभावक्त्व लिई यस्ता बिकृती राेक्नु आबश्यक रहेकाे बताईन।
यादब सेवा समितिका अध्यक्ष गंगाराम यादबकाे अध्यक्षतामा आयाेजित सभामा संविधान सभा सदस्य तथा जिल्ला बिकास तथा समन्वय ईकाई उपप्रमुख शम्भु कुमार यादब, यादब सेवा समितिका पुर्व महासचिव अशोक यादब, नेेपाल यादब सेवा समितिका संयाेजक मुसहरू यादब,यादब सेवा समिति पुर्व अध्यक्ष भिमराज यादब, शिक्षक पशुराम यादब, पुरनरावेदन एशोसिएसन ईकाई अध्यक्ष हरेराम यादब, लेखापढी कानुन ब्यवसाय समिति अध्यक्ष श्रीलाल यादब, पंडित शास्त्री रामकृष्ण यादब, समाजसेवी रामदेव यादब लगायतले समाजकाे बिकास र उत्थान तथा बिकृती अन्त्यका लागि यादब समुदायले भुमिका खेल्नुपर्नेमा जाेड दिए।
उक्त अवसरमा यादब सेवा समितिका महासचिव महेन्द्र प्रसाद यादबले अाव ०८१/८२ काे बर्षभरीमा गरिएकाे गतिबिधिकाे प्रतिवेदन प्रस्तुत गरेकाे छ।
यादब सेवा समितिका महासचिव महेन्द्र प्रसाद यादब द्वारा संचालित कार्यक्रममा स्वागत सचिव ब्रहमदेव यादबले गरे ।