• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खडकका प्रमुख प्रशासकीय अधिकृत सोनुलाई कारबाही तथा सरुवाको माग

खडकका प्रमुख प्रशासकीय अधिकृत सोनुलाई कारबाही तथा सरुवाको माग
न्यूज टुडे
राजविराज,२३ असोज । 
सप्तरीको खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई कारबाही गरी अवलम्ब  सरुवाको माग गरिएको छ ।  खडक नगरपालिकाका विभिन्न विद्यालयहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोनुलाई कारबाही गरि अविलम्ब सरुवा गर्न माग गरेको हो । 
विज्ञप्तिमा तलव भत्ता बारे नगर प्रमुख जय प्रकाश चौधरी र प्रमुख प्रशासकीय अधिकृत सोनु  सकारात्मक रहेकोले  सरकारको निर्धारित विदा बाहेक अन्य दिनहरूमा विद्यालय संचालनमा रहने समेत स्पष्ट पारेको छ । 
प्रमुख प्रशासकीय अधिकृत सोनु अख्तियारी  नदिएको बहानामा कार्यालयमा उपस्थित नहुने तथा राजनीतिक कार्यकर्ताको घरदैलो कार्यक्रममा व्यस्त रहने गरेको विभिन्न विद्यालयका प्रधानाध्यापकद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा आरोप लगाइएको छ ।  विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सोनुले सप्रादायिकता भड्काउने जस्ता क्रियाकलाप गरि नगरपालिकाको बदनाम गर्ने कार्य गरेको उल्लेख छ । 
प्रमुख प्रशासकीय अधिकृत सोनुले एकदुइजना शिक्षकलाई उचालेर तालाबन्दी गर्न लगाइएको तथा  विद्यालय बन्दको कपोल कल्पित भ्रम सिर्जना गराएको भन्दै विज्ञप्तिमा घोर आपत्ति प्रकट गरिएको छ । 
तेईस विद्यालयका प्रधानाध्यापकद्वारा हस्ताक्षरीत विज्ञप्तिमा नगरपालिकाको बाताबरण खल्बल्याउनमा स्टेनवाजी गर्ने गराउने कार्यमा सोनुको  प्रत्यक्ष सहभागी हुने गरेको भन्दै तत्काल कारबाही गरि सरुवा गरिदिन सम्बन्धित निकायसंग आग्रह समेत गरिएको छ । 
विगत कही दिन यता  नगर प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत वीच द्वन्द सिर्जना हुँदा दशैमा कर्मचारीहरु तलवभत्ताबाट बन्चित भएका छन् भने नगरपालिकाको कामकारबाही अस्तव्यस्त भएको छ ।