• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डिएलए सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

डिएलए सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन
न्यूज टुडे
राजविराज,१० बैशाख । 
डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)को सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बुधबार पदभार ग्रहण गरेका छन् । नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रल्हाद घिमिरेले प्रमाणपत्र वितरण गरेर पदस्थापना गराएका हुन् ।
पदस्थापना कार्यक्रममा निवर्तमान अध्यक्ष हेमनारायण चौधरीले नवनिर्वाचित अध्यक्ष अधिवक्ता सुरेन्द्र यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
चैत २७ गते सम्पन्न डिएलएको निर्वाचनमा अध्यक्षमा अधिवक्ता सुरेन्द्र यादव, उपाध्यक्षमा राममप्रकाश साह,सचिवमा सुधा देव, कोषाध्यक्षमा प्रकाश कुमार यादव, सदस्यहरूमा मिथिलेश चन्द्र लाभ र मनोज कुमार यादव निर्विरोध निर्वाचित भएका थिए ।