• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनाधिकार पार्टीद्वारा भन्सार नीति विरुद्ध धर्ना

जनाधिकार पार्टीद्वारा भन्सार नीति विरुद्ध धर्ना
न्यूज टुडे
राजविरा,१० बैशाख ।
भन्सार नीति बिरुद्ध जनअधिकार पार्टीको अगुवाईमा बुधबार विरोध प्रदर्शनसहित धर्ना दिइएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालय नजिकै जनअधिकार पार्टीका नेताकार्यकर्ता धर्ना बसेका हुन् । 
जनअधिकार पार्टीका अध्यक्ष डा.सरदसिंह यादवको नेतृत्वमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक धर्ना बसेका छन् । 
राजविराज भन्सार कार्यालय नजिकै प्रदर्शन पश्चात  आयोजित एक घण्टे सांकेतिक धर्ना कार्यक्रममा पार्टीका नेता कार्यकर्ता संगै स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।
उनीरुले एकसय भन्दा बढीको सामान ल्याउँदा लाग्ने भन्सार शुल्कको व्यवस्था खारेज गर्नुपर्ने, भारतबाट मलखाध ल्याउन किसानलाई अनुमति कार्डको व्यवस्था गरिनुपर्ने, विपन्न परिवारलाई घर परिवार चलाउन आवश्यक पर्ने सामान ल्याउन अनुमति कार्ड उपलब्ध गराउनुपर्ने तथा नेपाल–भारतको सदियौं देखि रहि आएको रोटी बेटी सम्बन्धलाई सम्मान गरिनुपर्ने लगायतका चार बुँदे माग अघि सारेर छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ निवासी देवनारायण यादवले सरकारको भन्सार सम्बन्धि नयाँ नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग गरे ।
नयाँ भन्सार नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै स्थानियले यसबारे सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् ।