न्यूज टुडे
राजविराज,२२ असोज ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले एक वडा अध्यक्षले आफूलाई मालिस गरेको भिडियो सामाजिक संजालमा सार्वजानिक भएको भन्दै घोर आपत्ति जनाएको छ । अध्यक्ष चौधारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्वस्थ्य भएको अवस्थामा मानवीय सहयोगलाई भ्रमित गरिएको भन्दै आपत्ति व्यक्त गरेका हुन्।
सामाजिक संजालमा पछिल्लो चरणमा व्याप्त भएको खबर प्रति गम्भीर ध्यानाकार्षण भएको अध्यक्ष चौधारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मधेशी समुदायमा आफ्नो टोल समुदाय छरछिमेकहरु एकअर्कालाई पारस्पारिक एवम अपनत्व रुपमा लिने गरेकाले सोही अनुसार व्यवहार गरिने भएकाले खुट्टा मालिस गर्ने वडा अध्यक्ष भतिज सम्बन्धमा परेकाले परिवारलाई गर्ने व्यवहार मात्र गरेको भन्दै अध्यक्ष चौधारले घटनाको बचाउ प्रेस विज्ञप्ती मार्फत गरेका छन्।
उनले सत्यतथ्य नबुझी आवश्यकता भन्दाबढी गलत रुपमा टिक्का टिप्पणी गरिएको भन्दै प्रेस विज्ञप्तिमा आपत्ति जनाएका छन्।
यसले सिंगो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्य सम्पादन, जनप्रतिनिधि, कर्मचारी,प्रशासन लगायत विषयमा प्रश्न चिन्ह खडा गरेकोले यसरी नगरिदिन हुन सम्वन्धित सबैलाई अध्यक्ष चौधारीले अनुरोध समेत गरेको छ ।
गाँउपालिकाको मान मर्यादा,गरिमा तथा प्रतिष्ठा माथि आच आउने गरी पत्रपत्रिका संचार माध्यम तथा सामाजिक संजालमा अनावश्यक टिक्का टिप्पणी तथा भ्रामक समाचार सम्प्रेषण नगरिदिन अनुरोध गर्दै प्रेस विज्ञप्तिमा अध्यक्ष चौधारीले विगतका दिनहरूमा कुनै किसिमको जानी अञ्जानी गल्तीहरू भए गरेको छ भने क्षमायाचना समेत मागेका छन्।
गत असोज ५ गते गाउँपालिकाकै एक कोठामा रहेको सोफामा वडा नम्बर ५ का कार्यबाहक वडा अध्यक्ष हरी खंगले अध्यक्ष चौधरीलाई खुट्टामा मालिस गरेका थिए ।
हाल उक्त भिडियो सामाजिक संजालमा सर्वत्र रुपमा छाएको छ ।