• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज नगरपालिकाको फोहोरमैला व्यवस्थापनमा समस्या

राजविराज नगरपालिकाको फोहोरमैला व्यवस्थापनमा समस्या
न्यूज टुडे
राजविराज, २९ भदौ । 
जेनजी आन्दोलनका क्रममा फोहर ओसारपसार गर्ने गाडी तथा उपकरणहरु आगजनी गरि क्षति पुर्‍याएकाले राजविराज नगरपालिकाको फोहर व्यवस्थापनमा समस्या भएको छ । राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले आइतबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुन्जेल नगरबासी आफैलाई फोहर व्यवस्थापन गर्न आग्रह गरेकी हुन् । 
सूचनामा  राजविराज नगरपालिकाको फोहर व्यवस्थापन गर्ने उपकरण  आगजनीबाट पूर्ण रुपले क्षति भई  फोहर व्यवस्थापनमा कठिनाइ भएको भन्दै घर, हाट बजार, व्यवसायीक प्रयोजन तथा कार्यालयबाट निस्किने फोहरमैला आफै व्यवस्थापन गर्न आग्रह गरिएको छ । 
यसबाट हुने असुविधा प्रति क्षमा माग्दै कार्यबाहक मेयर परविनद्वारा जारी सूचनामा फोहर फाल्ने बैकल्पिक उपकरणको व्यवस्था गरि छिटै फोहोरमैला व्यवस्थापन गर्ने  व्यवस्था मिलाउने उल्लेख गरिएको छ । 
सूचनामा चोक तथा सडक लगायतका सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गरिएको छ ।।