अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधारीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै गाउँपालिका अगाडि मंगलबार विरोध प्रदर्शन गरिएको छ । गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिले गाउँपालिका अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
आन्दोलनको कार्यक्रम फिर्ता लिएको बारे जानकारी गराउँदै कर्मचारी संघर्ष समितिका संयोजक प्रेमनाथ चौधरी । फोटो : न्यूज टुडे
‘गाउँपालिका अध्यक्ष दिनानाथ चौधारी लगायत सम्पूर्ण असक्षम जनप्रतिनिधिहरु, राजिनामा दे, जडिया अध्यक्ष मुर्दावाद, दिनानाथ चोर गाउँपालिका छोड, हाम्रो माग पुरा गर, भ्रष्टाचारीलाई कारबाही गर, सुशासन कायम गर’ लगायतका चर्का नारा लगाउँदै संघर्ष समितिको नेतृतवमा रहेका स्थानीयले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए थप शसक्त आन्दलन गर्ने चेतावनी दिए ।
कोणसभालाई संघर्ष समितिका प्रवक्ता तुलसी थारु, स्थानीय समाजेवी हरी चौधारी, जेनजी प्रतिनिधि दिपक खड्का लगायतकाले सम्बोधन गरेका थिए ।
यसैगरी वरिष्ठताको आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्नेसहितका विभिन्न ९ बुंदे माग राखी आन्दोलनरत स्थानीय कर्मचारी संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । वरिष्ठतमको आधारमा सातौं तहका संजय साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको र अन्य मागहरु क्रमशः पुरा गर्ने गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले प्रतिवद्वता जनाएपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम मंगलबारबाट फिर्ता लिएको उनले बताए।
यसैगरी बेथिति विसंगति विरुद्ध संघर्ष समितिले ४ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । समितिका अध्यक्ष अरुण कुमार चौधारीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
आन्दोलनका कार्यक्रम अनुसार असोज २२ गतेदेखि २४ गतेसम्म १ देखि ६ वटै वडामा भेट्घाट तथा जनसम्वाद गर्ने र २५ गते बृहत बैठक बाट थप संघर्षका कार्यक्रम घोषणा गर्ने रहेको छ ।