• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै प्रदर्शन

अग्नीसाइरका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै प्रदर्शन
न्यूज टुडे
राजविराज, ११ असोज । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै स्थानीयले गाउँपालिका अगाडि शनिबार प्रदर्शन गरेका छन् ।   गाउँपालिका चलाउन पूर्ण रुपले असक्षम भएको आरोप लगाउँदै उनीहरुले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 
गाउँपालिका स्तरीय बेथिति विसंगति विरुद्ध संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा ‘भ्रष्ट मेयर राजिनामा दे, जडिया मेयर राजिनामा दे, असक्षम जनप्रतिनिधिहरु राजिनामा दे, सुशासन कायम गर, जडिया मेयर मुर्दावाद’ लगायतका चर्का नारा लगाउँदै प्रदर्शन गरे । 
कार्यक्रमलाई सम्बोधन गर्दै बेथिति विसंगति विरुद्ध संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीले गाउँपालिकाका जनप्रतिनिधिहरु पूर्ण रूपमा असक्षम भएको भन्दै अविलम्ब राजीनामा दिनुपर्ने बताए ।  उनले दशै जस्तो पर्वमा कर्मचारीहरुलाई तलबभत्ता खुवाउन नसकेको भन्दै आक्रोश पोखे ।  उनले भ्रष्ट मेयर जडिया मेयर दिनानाथ चौधरीले  पालिकालाई बदनाम गरेको तथा  कर्मचारीहरुलाई फुटाएको आरोप लगाउँदै राजिनामा नदिएसम्म जनप्रतिनिधिहरुले चढ्ने गाडी  जाँहा भेटिए त्य्ही जलाउन निर्देशन दिए । 
यसअघि अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले जनप्रतिनिधिहरु असक्षम भएकोले राजिनामा माग गर्ने, सुशासन कायम गर्नुपर्ने, भ्रष्ट जनप्रतिनिधि  तथा कर्मचारीहरुमाथि छानवीन गरि कारबाही गर्नुपर्ने लगायतका माग राखी आइतबारदेखि अनिश्चितकालीन  धर्नासहितको सशक्त आन्दोलन गर्ने निर्णय गरेको संघर्ष समितिका सचिव मिलन चौधरीले जानकारी दिए ।