सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका राजीनामा दिएका अध्यक्ष दिनानाथ चौधरी र कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको विवाद उत्कर्षमा पुगेको छ । आईतवार गाउँपालिका आएका अध्यक्षले कर्मचारीलाई आफुले अर्हाएको काम गर्न दवाव दिएपछि कार्यबाहक अध्यक्षले प्रतिवाद गरेकी हुन्।
अध्यक्षले कर्मचारीलाई लिखित कागज माग्दै विवाद गरेपछि प्रतिवाद गर्दै कार्यबाहक अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
शनिबार गाँउपालिका संचालन गरेको भन्दै अध्यक्षले दर्ता चलानी शाखामा तालावन्दी गरेपछि आईतबार प्रशासन प्रमुख योगेन्द्र यादवको कार्यकक्षमा दर्ता चलानीको किताब पाएपछि दार्ता चलानी शाखाबाट काम हुँदैन भनी लिखित दिन दवाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवलाई अध्यक्षले लिखित दिन र्याखर्याख्ति बनाएपछि कार्यवहाक अध्यक्ष कल्पना कुमारी चौधरी आएर प्रतिवाद गरेकी थिइन्।
गाउँ प्रहरीले शनिवार गाउँपालिका संचालन गरेको भनी खबर गरेपछि आएर दर्ता चलानी शाखामा ताला लगाएको भएपनि प्रशासन शाखामा कसरी दर्ता चलानी किताव पुगो भनि अध्यक्ष जग्गिँदै प्रशासन प्रमुख यादवलाई सोधपुछ गरेपछि कार्यबाहक अध्यक्षको आदेशमा राखेको भनी जबाफ दिए ।
त्यसपछि कार्यबाहक अध्यक्ष चौधरीले हाम्राे पनि देवर भाइभातिजा छ, हुलदङ्गा हामीलाई पनि गर्न आउँछ । कार्यालयमा किन ताला लगाउनु पर्यो, ६ महिनाको आन्दोलनबाट रोकिएको काम शनिबार वा राती १२ बजे पनि गर्छौँ’, कसैले रोक्नु पाउँदैन भन्दै प्रतिवाद गरिन्। उनी यतिमा मात्र रोकिएनन्:- झगडा गर्न आएको ? हाकिम साप कसैलाई लिखित दिनुपर्दैन, विदा पनि नभनि जनताको काम गर्ने कर्मचारीलाई सुराकी गर्ने गाउँ प्रहरी हुनै सक्दैन ? भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न निर्देशन दिन सम्म भ्याइन्।
अध्यक्ष चौधरीले राजीनामा दिएपछी कार्यपालिकाको बैठकबाट स्वीकृत गर्ने निर्णय गरी उपाध्यक्षले राजिनामा स्वीकृत गरेकी थिइन्। सोही बैठकले उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए ।
अध्यक्ष र कार्यबाहक अध्यक्षको विवाद अदालत पुगेपछि मंसिर ०१ गते सोमबार दुबैपक्षलाई छलफलका लागि बोलाएको छ ।