• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा सात दलद्वारा १ घण्टा चक्काजाम
नर्मदेव यादव 
रुपनी,२८ कार्तिक ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा शुक्रवार सात दलकाका नेताकार्यकर्ताले १ घण्टा सडक अवरुद्ध गरेको छ ।  मधेस प्रदेश भवनमा आफ्ना नेताहरुमाथी भएको दुर्व्यवहारको विरुद्ध स्थानीय सातदलका नेताकार्यकर्ता विहान ०९ : २५ देखि १० : २५ बजेसम्म सडक अबरुद्ध गरेको हो । 
सातदलका नेताकार्यकर्ता सडक अवरुद्ध गर्दै विरोध प्रदर्शनमा उत्रिएपछि सयौंको सवारीसाधन  राजमार्गमा रोकिएको थियो । 
जनकपुधाम स्थित मधेस भवनमा बिहिवार राती सातदलका नेताकार्यकर्तामाथि भएको अपमान तथा अलोकतान्त्रिक व्यवहारको विरुद्ध साँकेतिक रुपमा १ घण्टा चक्काजाम गरिएको स्थानीय नेताकार्यकर्ताले बताए ।  
मधेसी नेताहरूमाथी हुने गैर नागरिक व्यवहार सह्य नहुने बताउँदै उनीहरुले यसको शृङ्खला नरोकिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
चक्काजामका कारण हजारौं यात्रुहरू सडकमै अलपत्र हुँदा ठूलो सास्ती खेप्न बाध्य भएका थिए । 
नेकपा एमाले बाहेक मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताकार्यकर्ताहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए ।