• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जाडोयाम सुरु भईसकेको छ । यसै समयमा तराई–मधेशका जिल्लाहरुमा शितलहर हुने सम्भावना पनि बढी हुने गर्दछ । शितलहरले वर्षेनी जसो जनघनको क्षतिका साथै जनजीवन कष्टकर बन्दै आएको छ । 
त्यसैले यस्तो समयमा पूर्वतयारीको आवश्यकता हुने गर्दछ । यसै कुरालाई मध्यनजर गर्दै मधेश प्रदेशको महोत्तरी जिल्लामा शितलहरबाट हुनसक्ने जनघनको क्षति रोक्नका लागि तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि शितलहर सुरु हुने गरेको भएपनि कुनै कुनै वर्ष मंसिरको मध्यतिरबाटै हुने गरेको कुरालाई दृष्टिगत गरी पूर्वतयारी थालिएको हो । समस्याले घेरिसकेपछि हुने व्यवस्थापन बढी खर्चिलो र अझै चुनौतिपूर्ण हुने भएका कारण अवस्थालाई सम्हाल्न बढी कठिन हुने गरेका कारण अहिलेदेखि नै पूर्वतयारी थालिएको हो । सप्तरी जिल्ला पनि शितलहरबाट बढी प्रभावित जिल्ला रहेको कारणले यहाँ पनि त्यसको सामनाका लागि पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता छ । जिल्लामा जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको हुन्छ ।
त्यसैले अहिलेदेखि नै पूर्वसचेतना तथा तयारीका काम थाल्नु उपयुक्त हुनेछ । समितिले जिल्लाका सबै नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, सामाजिक संघसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहितको बृहत बैठक मार्फत अहिलेदेखि नै गरिने पूर्वतयारी बढी उपयुक्त हुन सक्दछ ।